काठमाडौं असोज। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्ता हुँदा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।मनोनयन दर्ता मंगलबार साढे १२ बजेदेखि ६ बजेसम्म चलेको थियो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने कार्यतालिका छ।


