कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जनालाई पक्राउ

Spread the love

कञ्चनपुर, साउन १६ (ई-रैवार) 

कञ्चनपुरको बेदकोट नरगपालिका ३ बाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो उनीहरुलाई करिब २० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको हो ।

लागुऔषधसहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१ तिलकपुरका ४२ वर्षीय रमेश दमाई, ३७ वर्षीय तपेन्द्र स्वार र भारतको अदकटा सत्बानि बेगाउ थाना न्वावाबगंज उत्तरप्रदेश बरेली बस्ने २८ वर्षीय मोहमद आरिफ रहेका प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरुलाई वेदकोट नगरपालिका ३ शंकर इटाभट्टा नजिकबाट १९.९७ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको हो।

उनीहरुको साथबाट २ थान मोटरसाइल, लागुऔषध तौल गर्न प्रयोग गरिने डिजिटल तराजु, २ थान मोबाइल र नगद ३ हजार ८१५ रुपैयाँसमेत बदामद गरिएको प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानले बताए। पक्राउ परेका तीनै जनामाथि थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ।