चक्कु प्रहार गरी किशोरको हत्या, एक जना पक्राउ

Spread the love

धनगढी, कात्तिक १३ (ई-रैवार) 

कैलालीमा चक्कुु प्रहार गरी एक जना किशोरको हत्या भएको छ । टीकापुर नगरपालिका-८ कालीमाटीका १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर नगरपालिका-८ कालीमाटीमा शुक्रबार राति सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक  विश्व अधिकारीले आपसी विवादका क्रममा भजनी नगरपालिका-३ बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गरी अनुपको हत्या गरेको जानकारी दिए ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार चक्कुु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको हो । चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।