कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ
Spread the love

कञ्चनपुर, भदौ २८ (ई-रैवार)

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ बडैपुरका ३५ वर्षीय पदम सिंह कठायत रहेका छन्।

ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो ब्राउनसुगर सहित पक्राउ गरेको हो। पक्राउ परेका कठायतमाथी प्रहरीले थप अनुसन्धान गरिरहेका बताएको छ ।