अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाएकी महिलामाथि गोली प्रहार

लखनऊ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई डेढ महिनाअघि कालो झन्डा देखाएकी एक महिलालाई गोली हानिएको छ। उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो । बिबिसी हिन्दीका अनुसार सोमबार साँझ उत्तर प्रदेशकी रिता यादवलाई अज्ञात समूहले गोली हानेको हो। खुट्टामा गोली लागेकी यादवको अहिले उपचार भइरहेको छ। उनलाई […]

भारतीय तीर्थस्थलमा भागदौड हुँदा १२ जनाको मृत्यु

श्रीनगर : दशौँ हजार तीर्थयात्रीले पूजाअर्चना गर्न भेला भएका वेला शनिबार बिहानै भारतीय धार्मिकस्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।   भारत प्रशासित कस्मिरको वैष्णोदेवी मन्दिर जाने बाटोमा शनिबार भागदौड मच्चिएपछि बिहान करिब २:१५ बजे १२ जनाको मृत्यु भएको हो भने करिब १५ जना घाइते भएकमा छन् र घाइतेमध्ये […]

उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी नौजनाको मृत्यु

डालियान : उत्तरपूर्वी चीनको डालियान सहरको एक बजारमुनिको भूमिगत क्षेत्रमा भएको आगलागीमा परी नौजनाको मृत्यु भएको छ। उक्त दुर्घटना शुक्रबार बिहान ११ः११ मा भएको र दिउँसो १ बजे आगो निभाइएको स्थानीय अधिकारीहरूले बताएका छन्। आगो निभाउने क्रममा एक अग्नि नियन्त्रकको पनि मृत्यु भएको बताइएको छ। पाँचजना सामान्य घाइते भएका र उपचाररत रहेका छन्।  त्यसैगरी चारजना […]

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक : दोहोरो नागरिकतामाथि निगरानी हुने

काठमाडौं : भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो । जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको बैठकमा सातवटा एजेण्डामा छलफल भएको छ । त्यसअनुसार बैठकको पहिलो एजेण्डा नेपाल–भारत प्रवेश गर्नेहरुको परिचयपत्र पहिचान गर्नुपर्ने […]

भारतमा थप पाँच हजार ३२६ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली : भारतमा कोरोना भाइरसबाट थप पाँच हजार ३२६ सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो सङ्ख्या ५८१ दिनको नै सबभन्दा कम भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । सोही अवधिमा थप ४५३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख […]

हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावतको निधन

एजेन्सी : भारतीय सेनाका रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) एवं पूर्व स्थल सेना प्रमुख जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। दुर्घटनामा उनकी श्रीमती मधुलिका रावतसहित १३ जनाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हेलिकोप्टरमा १४ जना सवार थिए। एकजनाको उद्धारपश्चात् उपचार भइरहेको जनाइएको छ। रावत सवार हेलिकोप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नुरमा दुर्घटनामा […]

म्यानमारकी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइयो

काठमाण्डौँ: म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। उनीविरुद्ध चलिरहेको कयौं मुद्दाहरुमा उनलाई पहिलोपटक चार वर्षको जेल सजाय भएको बीबीसीले जनाएको छ।सुकीमाथि मानिसहरुलाई भड्काएको र प्राकृतिक विपत्ति कानुन अनुसार कोभिड १९ नियम तोडेकोमा दोषी पाइएको जनाइएको छ।सुकीमाथि ११ आरोप लगाइएको थियो र उनले सबैलाई अस्वीकार गरेकी थिइन्।फेब्रुअरीमा सेनाले सत्ता […]

तालिवानले १०० पूर्वसुरक्षाकर्मीको हत्या गरेको ह्युमन राइट वाचको दाबी

काबुल, मङ्सिर १५ (ई-रैवार) मानव अधिकारवादी समूह ह्युमन राईट वाचले तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीको हत्या गरेको जनाएको छ । पूर्वसुरक्षाकर्मीमाथि कुनै कारबाही नभएको हालै तालिवान प्रवक्ताले जनाएका थिए । तालिवानले पूर्वसरकारका सुरक्षाकर्मीलाई क्षमा दिने बताए पनि स्थानीय कमान्डरले पूर्वप्रहरी र सेनालाई निशाना बनाएको वाचले जनाएको हो । वाचले पूर्वसेनामाथि गरिएका […]

भारतको संसदबाट विवादित कृषि कानुन फिर्ता लिने विधयेक पारित

भारतको संसदले तीन विवादित कृषि कानुन फिर्ता लिने विधेयक पारित गरेको छ । लोकसभा र राज्यसभा दुवै सदनबाट विवादित कृषि कानुन फिर्ता लिने विधयेक पारित भएको हो । दुवै सदनमा केन्द्रीय कृषिमन्त्री नरेन्द्र सिंह तोमरले सो विधयेक पेश गरेका थिए । लोकसभामा हंगामा (खैलाबैला÷कोलाहल) बीच कानुन फिर्ता लिने विधेयक पारित भएको बीबीसी हिन्दीले जनाएको छ । […]

म्यानमारको हिंसा तत्काल अन्त्य गर्न सुरक्षा परिषद्को आह्वान

काठमाडौं, कात्तिक २५ (ई-रैवार)  संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारमा बढिरहेको हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल युद्ध अन्त्य गर्न आह्वान गरेको छ । त्यहाँको सेनालाई जतिसक्दो संयम हुन पनि आग्रह गरेको छ । बुधबार जारी गरिएको विज्ञप्तिमा सुरक्षा परिषद्का सबै १५ सदस्यहरू नै सहमत भएका थिए । सुरक्षा परिषद्मा विरलै सबै सदस्यको सहमति हुने गर्छ […]