काठमाडौँ : अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने नेपालको सार्वभौम निर्णय रहेको प्रस्ट पारेको छ । अमेरिकाले एमसीसी सँगको ५०० मिलियन डलर अमेरिकी डलर अनुदान सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने केबल नेपालको सार्वभौम निर्णय रहेको प्रस्ट पारेको हो । चीनले शुक्रबार अमेरिकाले नेपालमा ‘मिचाहा कूटनीति’ प्रयोग गरेको र त्यसको […]
अन्तर्राष्ट्रिय
मलाई यकिन छ, रुसले हमलाको योजना बनाइसकेको छ : बाइडन
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमला गर्ने निर्णय गरेको आफूलाई यकिन भएको बताएका छन् । बाइडेनले कुनै पनि दिन यो हमला हुन सक्ने आशंका जताएका हुन् । आफूले अमेरिकी खुफिया सूचनाका आधारमा यो मूल्याङ्कन गरेको बाइडनले दाबी गरेका हुन् । यद्यपि, रुसले हमलाको तयारी नगरेको बताउँदै आएको छ । […]
भारतमा थप ७१ हजार सङ्क्रमित, १२ सयको मृत्यु
नयाँदिल्ली : भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु एक हजार २१७ जनाको मृत्यु भएको जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख पाँच […]
भारतमा दैनिक संक्रमितको संख्या ६३ हजारमा झर्यो, संक्रिय संक्रमित १० लाख
नयाँ दिल्ली : भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या ६३ हजारमा झरेको छ। महामारीको तेस्रो चरण सुरू भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो लगातार दोस्रो दिन हो। यसअघि आइतबार पनि १ लाख भन्दा कम संक्रमित फेला परेका थिए। कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितको संख्या […]
क्यानडाको राजधानी ओटावामा आपतकाल घोषणा
ओटावा : क्यानडाको राजधानी ओटावामा आपतकाल घोषणा भएको छ। एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकले गरेको प्रदर्शन जारी रहँदा ओटावाका मेयर जीम वाट्सनले सहर पूर्ण रूपमा नियन्त्रणबाहिर गएको भन्दै आपतकाल घोषणा गरेका हुन्। ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य गर्ने सरकारी नियमपछि राजधानी ओटावामा ‘फ्रिडम कन्भोई’ नामको प्रदर्शन सुरू भएको थियो। मेयर वाट्सनले प्रदर्शनकारीले […]
पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु
ब्युनस आयर्स, अर्जेन्टिना : पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको थियो जुन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । सो क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ। दुर्घटनाग्रस्त विमानमा नेदरल्याण्डस् र चिलीका नागरिक सवार थिए । दुर्घटनाको कारण बारे […]
भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प
न्युयोर्क : भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको हो । स्थानीय समय अनुसार शुक्रबार राती भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् । रासस /एएनआई
बाइडनले धम्क्याएका पुटिनलाई सीले स्वागत गर्दै
एजेन्सी : शीतकालीन ओलम्पिक चीनको बेइजिङमा शुक्रबारदेखि सुरु हुँदैछ । फेब्रुअरी २० सम्म सञ्चालन हुने शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा करिब दुई दर्जन देशका राष्ट्रप्रमुख एवं सरकार प्रमुख सहभागी हुँदैछन् । यस्तै, संयुक्त राष्ट्रसंघका महाचिव, विश्व स्वास्थ्य संगठनका प्रमुखलगायत पनि उपस्थित हुँदैछन् । बेइजिङ ओलम्पिकमा १५ विधाका खेलमा ९१ देशका २ हजार ८७४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् […]
युक्रेन संकट : अमेरिकाले युरोपमा थप सेना पठाउँदै
बीबीसी : अमेरिकाले युरोपमा थप सेना पठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी आक्रमणको निरन्तर डरका बीच यस हप्ता युरोपमा थप सेना पठाउने भएको पेन्टागनले जनाएको छ । पेन्टागनले गत महिना तयारी अवस्थामा राखेका साढे आठ हजार सैनिकबाहेक थप सेना युरोप पठाउन लागेको हो । फोर्ट ब्राग नर्थ क्यारोलिनाबाट करिब दुई हजार […]
काजकिस्तानमा सरकारविरुद्ध आन्दोलन गर्नेहरूलाई मार्ने धम्की
बीबीसी : सरकारविरुद्ध आन्दोलन गर्नेहरूलाई काजकिस्तानमा मार्ने धम्की दिइँदै छ भने बन्दुकधारी प्रहरी र सुरक्षाकर्मीहरूले घरघरमा घुसेर प्रदर्शनकारीलाई खोजीखोजी गम्भीर रूपमा कुटपिट गर्नेलगायत यातना दिइरहेका छन् । प्रदर्शनकै क्रममा गोली लागि घाइते भएकी एसेलका अनुसार उनीहरूले ‘फेरि विरोध गर्न निस्कियौ भने हामी तिमीहरूलाई मारिदिने छौँ’ भनेर ठूलठूलो स्वरमा चिच्याउँदै धम्की दिएका हुन् । उनका अनुसार […]


