बीबीसी : सरकारविरुद्ध आन्दोलन गर्नेहरूलाई काजकिस्तानमा मार्ने धम्की दिइँदै छ भने बन्दुकधारी प्रहरी र सुरक्षाकर्मीहरूले घरघरमा घुसेर प्रदर्शनकारीलाई खोजीखोजी गम्भीर रूपमा कुटपिट गर्नेलगायत यातना दिइरहेका छन् । प्रदर्शनकै क्रममा गोली लागि घाइते भएकी एसेलका अनुसार उनीहरूले ‘फेरि विरोध गर्न निस्कियौ भने हामी तिमीहरूलाई मारिदिने छौँ’ भनेर ठूलठूलो स्वरमा चिच्याउँदै धम्की दिएका हुन् । उनका अनुसार […]
अन्तर्राष्ट्रिय
कङ्गोमा पानीजहाज दुर्घटना हुँदा १८० जना बेपत्ता
किन्सासा : उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को कङ्गो नदीमा आइतबार अबेर राति एउटा पानीजहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । करिब ६०० यात्रु बोकेको जहाज अत्यधिक भारका कारण दुर्घटना भएको हुनसक्ने संयुक्त राष्ट्रसंघ समर्थित समाचार आउटलेट रेडियो ओकापीले केही जीवित व्यक्तिहरूको भनाइलाई उद्धृत गर्दै जनाएको छ । विशेष […]
भारतमा एकैदिनमा थप साढे तीन लाख सङ्क्रमित
नयाँ दिल्ली : भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित भएका हुन् । दैनिक सङ्क्रमितहरूको सङ्ख्या १७.९७ प्रतिशतको दरले वृद्धि भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो दिन विहीवार […]
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुमा पछुतो छैन : राष्ट्रपति बाइडेन
काठमाडौँ : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्नुमा कुनै पछुतो नभएको बताएका छन् । बुधबार अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेको १ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो निर्णय सही भएको दोहोर्याएका हुन् । ‘मैले जे निर्णय गरेँ त्यसमा कुनै पछुतो छैन,’ उनले भने, ‘२० वर्षपछि अफगानिस्तानबाट बाहिरिनु निकै चुनौतीपूर्ण थियो । असम्भवजस्तै अवस्थाबाट बाहिरिए पनि […]
भारतमा एकैदिन २ लाख ८२ हजारमा कोरोना संक्रमण पुष्टि, ४४१ जना संक्रमितको मृत्यु
नयाँदिल्ली : भारतमा एकै दिन दुई लाख ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७० जनामा संक्रमण देखिएको हो । जुन हिजोको तुलनामा १८.९ प्रतिशतले बढी हो । पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७० जना नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय […]
तिब्र रूपमा फैलदै भारतमा कोरोना, पछिल्लो २४ घन्टामा २ लाख ६८ हजार संक्रमित
नयाँ दिल्ली : भारतमा कोरोना संक्रमण तिब्र रूपमा फैलिइरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घन्टामा ४०२ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७ सय ५२ पुगेको […]
भारतीय दूतावासले भन्यो- सीमा विवाद सुल्झाउन वार्ता र संवाद नै उपयुक्त माध्यम
काठमाडौं : सीमा विवाद सुल्झाउन वार्ता र संवाद नै उपयुक्त माध्यम रहेको भारतिय दूतावासले प्रस्टीकरण दिएको छ । भारतिय दूतावासका प्रवक्ताले दिएको प्रतिक्रियामा भारत नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रूपमा यथावत् र स्पष्ट रहेका उल्लेख छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएपछि नेपालमा आलोचना भएको छ । सत्तारुढ तथा […]
भारतमा सक्रिय कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो, एकै दिन ५८ हजार नयाँ संक्रमित थपिए
नयाँ दिल्ली : भारतमा कोरोना संक्रमित तिब्र रूपमा बढिरहेको छ। पछिल्लो ८१ दिनपछि पुनः भारतमा सक्रिय संक्रमित संख्या २ लाख नाघेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ नयाँ संक्रमित थपिएका छन्। महाराष्ट्र, पश्चिम बंगाल र नयाँ दिल्लीमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा महाराष्ट्रमा […]
भारतमा छेकियो मोदीको बाटो, कार्यक्रममा नगई फर्किए बीचबाटै
पन्जाब : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार एउटा कार्यक्रममा जाने बाटो नपाएपछि फर्किएका छन्। समाचार पत्र द हिन्दुका अनुसार मोदी बुधबार पन्जाब राज्यमा गएका थिए। केही महिनापछि विधान सभा चुनाव हुन लागेको पन्जाबको राष्ट्रिय शहिद मेमोरियल जान लाग्दा उनलाई अवरोध भएको हो। मोदी बुधबार बिहान बाथिन्डा विमानस्थलमा पुगेका थिए। त्यहाँबाट उनी हेलिकप्टरमा राष्ट्रिय शहिद मेमोरियल जाने […]
ओमिक्रोनका सङ्क्रमित बढ्दै गएपछि भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई खोप लगाइँदै
काठमाडौं : भारत सरकारले यहाँका १५ देखि १८ वर्ष उमेरका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमितहरु बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्यमन्त्रीले सो खोप लगाएको तस्बिर सार्वजनिक गर्नुभएको थियो । यहाँको सरकारले यो उमेर समूहका बालबालिकालाई खोप लगाउनका […]


