काठमाडौँ मंसिर २४(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएको छ। उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो । स्रोतका अनुसार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अपराह्न मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयू खाली गर्न लगाइएको बताइएको छ। प्रधानमन्त्रीलाई किन अस्पतालमा लगिएको हो भन्ने विषयमा आधिकारिक सूचना भने […]
सुचना प्रविधी
सुस्ता र कालापानीबाहेकका क्षेत्रमा सीमा मापन हुने
काठमाण्डौ, मंसिर २४(ई-रैवार) नेपाल– भारत सीमा विवाद रहेका सुस्ता र कालापानीबाहेकका क्षेत्रको सीमा मापन हुनेभएको छ। दुई देशको संयुक्त कार्यदलले मंसिर मसान्तबाट दुवै देशका सीमा क्षेत्रमा वैज्ञानिक मापन तथा निरीक्षणको काम गर्न लागेको हो। कार्यदलले हरेक वर्ष मंसिरबाट सीमा मापन को काम सुरु गर्ने गरेको छ। तर असारदेखि कात्तिकसम्म सीमा मापनको काम हुँदैन। कार्यदललाई सुस्ता […]
नागरिकता विधेयक पास हुनेमा सांसदकै आशंका
काठमाडौं । संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दलकै सांसदहरुले आशंका व्यक्त गरेका छन् । राजधानी काठमाडौँमा आइतबार आयोजित नागरिकता विधेयक सम्बन्धी छलफलमा सहभागी सत्तारुढ दलका सांसदहरुले नागरिकता विधेयकमा सहमति जुटेर आगामी संसद अधिवेशनमा पेस हुने विषयमा नै आशंका व्यक्त गरेका हुन् । नेकपाकी सांसद विन्दा पाण्डेलले नागरिकता प्रदान गर्ने सन्दर्भमा […]
झापाली युवाको महाकाली मेची पैदल यात्रा सुरु
महेन्द्रनगर, मंसिर २० (ई-रैवार) भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले टीका र खादा लगाएर सम्मान गरेपछि झापाका दुई युवाले पश्चिमी सीमा नाका गड्डौचौकीबाट महाकाली मेची पदयात्रा सुरु गरेका गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरी सफल बनाउन लक्ष्य लिएर झापा मेची नगरपालिकाका सुरेश उप्रेती र दमक नगरपालिकाका खगेन्द्र निरौलाले महाकालीबाट पैदल यात्रा […]
सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न
धनगढी मंसिर २०(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सात बुँदे धनगढी घोषणापत्र जारीगर्दै सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यका साथ सम्मेलन गरिएको हो । सम्मेलनले वित्तीय गतिबिधि बढाउने र वित्तिय संस्थाहरुमा जनताको पहुँच पु¥याउने किसिमका […]
प्रधानमन्त्रीको उपचार खर्च साढे दुईलाख
काठमाण्डौ मंसिर १९(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको थियो […]
नेपाली भूमि अतिक्रमण हुन दिन्नौः दहाल
मिन बम धनगढी मंसिर १९: पूर्व प्रधानमन्त्री एबम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि अतिक्रमण हुन नदिने बताएका छन् । प्रेस सङ्गठन कैलालीद्वरा बिहिबार धनगढीमा आयोतिक पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि हो,’ उनले भने,‘त्यो कुनैपनि अवस्थामा अतिक्रमण हुन दिदैनौ ।’ उनले जनताको भावना […]
छाउगोठमा राखेको आरोपमा जेठाजु पक्राउ
अछाम, मंसिर १९(ई-रैैवार) आइतबार राति अछाममा छाउगोठमा ज्यान गुमाएकी पार्वती रावतका जेठाजु छत्र राउतलाई प्रहरीले पक्राउ गरेको छ। मुलुकी अपराध संहिताविपरीत छाउपडी गोठमा बस्न बाध्य पारेको आरोपमा राउत पक्राउ परेका हुन्। पार्वतीका पति भारतमा रहेका र घरमा सासु–ससुरासमेत नहुँदा अभिभावकको रुपमा रहेका आधारमा जेठाजुलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर […]
समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल
डोटी मंसिर १९(ई–रैवार) समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रशारण सम्बन्धी तालिम बिहिबारबाट दिपायलमा शुरु भएको छ । रेडियो नेपाल प्रसार सेवा विकास समितिको आयोजनामा रेडियो नेपालमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई यो तालिम प्रदान गरिदैछ । रेडियो नेपालबाट प्रशारण हुने समाचार सामाग्रीहरुलाई समावेशी बनाउन यो तालिम प्रदान गर्न लागिएको रेडियो नेपाल समाचार महाशाखाका निर्देशक पवन प्याकुरेलले […]
खोप लगाएपछि शिशुको मृत्यु
डोटी मंसिर १८ (ई-रैवार) खोप लगाएको १२ घण्टा नबित्दै जोरायल गाउँपालिकामा एक शिशुको मृत्यु भएको छ । जोरायल गाउँपालिका–१ का टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको ज्यान गएको हो । उनलाई मंगलबार दुईबजे घण्टेश्वर स्वास्थ्य चौकी अन्तर्गतको खार खोप केन्द्रमा खोप लगाईएको थियो । जसमा ‘डिपिटी पेण्टा’ तेस्रो डोज, ‘एफआईपिभि’ दोस्रो डोज र ‘ओपिभी’ […]


