डोटी मंसिर १९(ई–रैवार)
समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रशारण सम्बन्धी तालिम बिहिबारबाट दिपायलमा शुरु भएको छ । रेडियो नेपाल प्रसार सेवा विकास समितिको आयोजनामा रेडियो नेपालमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई यो तालिम प्रदान गरिदैछ ।
रेडियो नेपालबाट प्रशारण हुने समाचार सामाग्रीहरुलाई समावेशी बनाउन यो तालिम प्रदान गर्न लागिएको रेडियो नेपाल समाचार महाशाखाका निर्देशक पवन प्याकुरेलले बताए । ‘आधुनिक नेपालको समावेशी आवाज’को श्लोगनसहित हाल रेडियो नेपाल सञ्चालनमा रहेको बताउदै उनले यसका लागि दक्ष समाचार जनशक्ती तयार पार्न तालिम सञ्चालन गरिरहेको बताए ।
रेडियो नेपाल कार्यक्रम महाशाखाका निर्देशक डा. नवराज लम्सालले रेडियो नेपालको प्रशारणभित्र सबै नेपाली अट्ने र सबैले अपनत्व ग्रहण गर्ने वाताबरण सिर्जना गर्नेगरी रेडियो नेपालले काम गरिरहेको बताए ।
रेडियो नेपाल रिपोर्टिङ शाखाका प्रमुख प्रमोद दहालले रेडियो नेपालले पूर्ण रुपमा समावेशिताको अवधारणालाई अंगिकार गरेको बताउदै त्यसका लागि स्थानीय स्तरमा बसेर काम गर्ने संबाददातालाई पनि सोही अनुसार तयार गर्न यस्ता तालिमहरु सञ्चालन गर्न लागेको बताए । उनले यो तालिम सातवटै प्रदेशमा सञ्चालन गर्ने योजना रहेको समेत बताए ।
सञ्चार सूचना तथा प्रबिधि मन्त्रालयका ईन्द्र मैनालीले भाषाभाषिमा मात्र समावेशिता नभई विषयवस्तुमा पनि ल्याउन मन्त्रालयले सरकारी सञ्चारमाध्यममा यस्ता योजना अघि सारेको वताए ।
दुईदिनसम्म चल्ने यो तालिममा सुदूरपश्चिमका पहाडी जिल्लामा कार्यरत जिल्ला संवाददाता र रेडियो नेपाल प्रदेश प्रशारण कार्यालय दिपायलमा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता छ ।
समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल


