काठमाडौं भदौ ११(ई-रैवार): सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवसका दिन डेटिङ जान र तास खेलेर रक्सि खानका लागि विदा नदिएको बताएका छन्। बुधबार संविधान दिवस मूल समारोह समिति अन्र्तगतको प्रचारप्रसार उपसिमितिले सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर […]
सुचना प्रविधी
डा. गोविन्द केसी सुदूर पहाडमा
डोटी भदौ ११(ई-रैवार): चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका डा. गोविन्द केसी यतिबेला सुदूरपश्चिम पहाडको भ्रमणमा छन् । मंगलबार साँझ डोटी पुगेका डा. केसीले बुधबार डोटी जिल्ला अस्पतालको अवलोकन गरे । एक्लै सुदूरपश्चिम पहाड आएका उनी डोटी र डडेल्धुरामा केहीदिन बिताउने बुझिएको छ । आफु सुदूरपश्चिम पहाड आउनुको कारण भने उनले खोल्न मानेका छैनन् । […]
पत्रकार पुनर्वहाली गर्न पत्रकार महासंघको चेतावनी
दिपायल भदौ ११(ई-रैवार): विनाकारण जागिरबाट निकालिएका पत्रकारलाई तत्काल पुनर्वहाली गर्न नेपाल पत्रकार महासंघले रेडियो नेपाललाई चेतावनी दिएको छ । महासंघको एक टोलीले मंगलबार रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई भेटेर यस्तो चेतावनी दिएको छ । अघिल्लो सोमबार रेडियो नेपालको सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्रमा कार्यरत नेपाल पत्रकार महासंघ डोटी शाखाका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम […]
भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक
काठमाडौं, भदौ ९(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओली भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक चलाएका छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओलीले विदेश भएका बेला सोमबार पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषदको बैठक बस्दै गरेको फोटो पोस्ट गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले पनि फोटो पोस्ट गर्दै […]
प्रहरीले राष्ट्र बैंकसंग रवि लामिछानेको बैंक खाता माग्यो
चितवन भदौ ९ (ई-रैवार): जिल्ला प्रहरी कार्यालय चितवनले रवि लामिछानेसहित तीन जनाको बैंक खाता विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ। भदौ ४ गते नै प्रहरीले राष्ट्र बैंकलाई पत्र लेख्दै लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीको बैंक खाता विवरण उपलब्ध गराउन अनुरोध गरेको हो। फौजदारी अपराध अनुसन्धान सिलसिलामा यो सामान्य प्रक्रियाभित्रै पर्ने भएकाले […]
रवि लामिछाने पाँच लाख धरौटीमा रिहा
चितवन भदौ ९(ई-रैवार): शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका टिभि कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीन जना विरुद्ध परेको आत्महत्या दुरुत्साहन मुद्दामा सोमबार भएको थुनछेक बहसपछि एक नम्बर इजलासमा रहेका न्यायाधिश हेमन्त रावलको इजलाशले लामिछानेसहित युवराज कँडेल धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्। […]
सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा
टीकापुर भदौ ९(ई–रैवार) : टीकापुरबाट सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा गरिएको छ। थरुहट एकता र सामाजिक सद्वभावका लागि भन्दै आयोजना गरिएको थरुहट९थारुवान राष्ट्रिय सम्मलेनमा सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा गरिएको हो। थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहट९थारुवान राष्ट्रिय मोर्चा गठन गर्दै राष्ट्रिय सम्मेलन पनि सम्पन्न भएको छ। मोर्चाको प्रवक्ता मीनराज चौधरीका अनुुसार सम्मेलनले १५ बुँदे […]
कर्णालीको जोखिम मोलेर विद्यालय
सुर्खेत, भदौ ९ (ई-रैवार) कैलालीको मोहन्याल गाउँपालिका–३ रांगाका जगत भुल सुर्खेतको चौकुने गाउँपालिकास्थित जगन्नाथ माविमा कक्षा १० मा पढ्छन्। कैलालीबाट कर्णालीको जोखिमपूर्ण यात्रा गरेर सुर्खेतमा पढ्न आउनु उनको रहर होइन, बाध्यता हो। गाउँमा प्राथमिक विद्यालयमात्र छ। माथिल्लो कक्षा अध्ययनका लागि दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्छ। कैलाली र सुर्खेतलाई छुट्याउने कर्णाली नदीमाथि पुल छैन। ‘वर्षाको भेलमा पनि […]
‘जिल्ला दररेट’ सडक विभागको भन्दा २५० प्रतिशत बढी
डोटी भदौ २(ई–रैवार): डोटीको ‘दररेट निर्धारण समिति’ले सडक निर्माणमा सडक विभागको दररेट भन्दा दुईसय ५० प्रतिशतभन्दा बढी पर्नेगरी ‘जिल्ला दररेट’ निर्धारण गरेको छ । जसले सडक निर्माण कार्यमा नीतिगत भ्रष्टाचार निम्तने आरोप लागेको छ । दररेट निर्धारण समितिको मिति गत असार ३१ गते बसेको वैठकको निर्णय नम्बर ९ मा ‘मेशिन प्रयोगगरी सडक निर्माण गर्दा प्रति […]
भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छः गिरी
काठमाडौं साउन २९ नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन नेपाललाई सिक्किम बनाईदिने’ अभिव्यक्ति दिएका छन्। संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले यस्तो अभिव्यक्ति दिएका हुन्। नेपालको सिमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौतालगायत बारेमा छलफपल भईरहदा समिति सदस्य गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने […]


