छाउगोठमा राखेको आरोपमा जेठाजु पक्राउ

छाउगोठमा राखेको आरोपमा जेठाजु पक्राउ
Spread the love

अछाम, मंसिर १९(ई-रैैवार)
आइतबार राति अछाममा छाउगोठमा ज्यान गुमाएकी पार्वती रावतका जेठाजु छत्र राउतलाई प्रहरीले पक्राउ गरेको छ। मुलुकी अपराध संहिताविपरीत छाउपडी गोठमा बस्न बाध्य पारेको आरोपमा राउत पक्राउ परेका हुन्।
पार्वतीका पति भारतमा रहेका र घरमा सासु–ससुरासमेत नहुँदा अभिभावकको रुपमा रहेका आधारमा जेठाजुलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले बताए।
डीएसपी शाहीले मुद्दा प्रक्रिया अघि बढेको बताउँदै मृतकलाई छाउगोठमा बस्न बाध्य पारिएको हो, वा आफैं बसेको भन्ने अनुसन्धानबाट खुल्ने बताए। मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा महिलाको रजश्वला भएको वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछूत र अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन भनिएको छ। सो दफा अनुसार छाउ गोठमा बस्नु पनि दण्डनीय हो ।
छाउगोठमा बस्ने वा बस्न लगाउने अर्थात् कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र ३ हजारसम्म जरिवाना सजाय हुने कानुनी व्यवस्था छ । राष्ट्रसेवकले यस्तो गरेको रहेछ भने थप तीन महिना सजाय हुने व्यवस्था छ।