भारतको यात्रा प्रतिबन्धले नेपालीलाई असर नगर्ने

भारतको यात्रा प्रतिबन्धले नेपालीलाई असर नगर्ने
Spread the love

काठमाण्डौँ फागुन २९(ई-रैवार)
कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले विदेशी नागरिकलाई यात्रामा लगाएको प्रतिबन्धले नेपालीलाई भने कुनै असर नगर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ। भारतले यसका लागि सीमा नाकामा परीक्षण गर्ने तयारी गरेको छ।
दूतावासले बिहीबार विज्ञप्ती जारी गर्दै भारतले लगाएको सो प्रतिबन्धले नेपालीलाई कुनै प्रभाव नपर्ने बताएको छ। स्वस्थ नेपाली भारतमा निर्वाध जान पाउने भएपनि सिमानामा स्वास्थ्य परीक्षण गरिने र कोरोनाको लक्षण देखिएमा फिर्ता पठाइने दूतावासले जनाएको छ।