काठमाण्डौं चैत्र १०(ई-रैवार)
फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएका एक जनामा कोरोना देखिएको छ। स्वास्थ्य मन्त्रालयले आकस्मिकरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना देखिएको बताए। १९ वर्षिय ति युवतीको नाम गोप्य राखिएको छ। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।
यस अघि चीनबाट नेपाल आएका एक युवामा कोरना देखिएको थियो। उनी निको भएर घर फर्किसकेका छन्।
कोरोना संक्रमित ति युवतिको अवस्था समान्य रहेको टेकु अस्पतालका निर्देशक डा। सागरराज शर्माले बताए। उनीसँग नेपाल आएकाहरु को को थिए स्वस्थ्य मन्त्रालयले खोजि सुरु गरेको छ।
नेपालमा एक युवतीमा कोरोना देखियो


