नेपालमा २४ घन्टामा ७६ जनाको कोरोना परीक्षण, संक्रमित भेटिएन

नेपालमा २४ घन्टामा ७६ जनाको कोरोना परीक्षण, संक्रमित भेटिएन
Spread the love

काठमाण्डौँ चैत्र १७(ई-रैवार)
कोरोना भाइरस संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीसर्कलको नमूना परीक्षण गरिएको थियो।
हालसम्म जम्मा ९ सय ९३ जनाको परीक्षण भइसकेको छ। आइतबारदेखि सोमबार चार बजेअघि रिपोर्ट आएका ७६ जना श‌ंकास्पद बिरामीमा पनि कोरोना देखिएको छैन।
कोरोनाको आशंकामा काठमाडौंमा ७ जना आइसोलेसनमा छन्। तीन वटा अस्पताल र चारजना टेकुमा रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन्।