एउटै जहाजमा आएका तीनजनामा कोरोना संक्रमण

एउटै जहाजमा आएका तीनजनामा कोरोना संक्रमण
Spread the love

काठमाण्डौँ चैत्र २०(ई-रैवार)
कोरोना भाइरसको संक्रमण देखिएका तीन जना एउटै बिमानबाट नेपाल आएको पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छैटौं संक्रमित र यसअघि भेटिएका पाँचौ संक्रमित र दोस्रो संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए। उनीहरु तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्।
छैटौं र पाँचौ संक्रमित बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् भने दोस्रो संक्रमित फ्रान्सबाट कतार हुँदै आएकी थिइन्।
मन्त्रालयले दोस्रो संक्रमितको बारेमा चैत १० गते सोमबार जानकारी दिएको थियो। काठमाडौंकी १९ वर्षीया युवती दोस्रो संक्रमित थिइन्। पाँचौ संक्रमित भने बागलुङकी युवती हुन्। उनीहरुको स्वास्थ्य सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।