वैशाख २ , काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । डा. टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । नेपाल सरकारको निमन्त्रणमा आउने तयारी भएको हो । ३ दिनको उच्चस्तरीय भ्रमणमा नेपालका उच्च अधिकारीहरु डा टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण […]
फिचर
पछिल्लो २४ घण्टामा देशभर ४ जना कोभिड संक्रमित
चैत २७, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जना कोभिड १९ संक्रमित थपिएका छन् । दुई हजार ७४० वटा नमुना परीक्षण गर्दा चारजनामा मात्र संक्रमण पुष्टि भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५९२ पुगेको छ । आज २० हजार ८२८ जनाले कोभिड १९ विरुद्धको खोप […]
सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै
टीकापुर : कैलालीकी झरना जैसीको परिवारसँग जति सम्पत्ति छ सबै उनकै नाममा छ। झरनाको जग्गा, घर सबै उनको नाममा छ। झरनाका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा बस्छन्। भारतमा कमाएको कमाइ झरनाकै नाममा आउँछ। झरनाले घर चलाउने देखि लिएर अन्य सबै काम गर्छिन् तर सम्पत्ति किनबेच गर्दा श्रीमानकै निर्णय अन्तिम हुन्छ। “मेरो नाममा सबै सम्पत्ति छ, तर […]
निर्मला हत्या प्रकरण: अझै निष्कर्षमा पुगेन अनुसन्धान
धनगढी : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन वर्ष बितिसक्दा पनि घटनाको रहस्य अझै खुल्न सकेको छैन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले लगातार अनुसन्धान जारी गरेको भए पनि अहिलेसम्म अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन। निर्मलाको हत्याको अनुसन्धानका क्रममा प्रहरीले भारतीय नागरिकलाई सोधपुछका लागि नियन्त्रण लिएको […]
जसले जातिय भेदभावको अन्त लोकतन्त्रमा मात्र सम्भव देखे
दिपायल: वि. स. २०१६ चैत्र १४ का दिन हुन् कुमारसिँह टेलर जन्मिएका । उनलाई त्योदिन नै जन्मजात ‘अछुत’को उपमा भिराईदिएको थियो समाजले । कैयन अवस्थामा अझैँपनि लखेटिरहन्छ, उनलाई त्यो अप्राकृतिक मानव व्यवहार ।कथित दलित आमाबाबुको सन्तान भएर जन्मिनु श्राप थिएन् ! तर, त्योबेलाको समाजले उनको अवचेतन हृदयमा यतिविघ्न हिंसा ग¥यो–त्यो कुनै श्रापभन्दा कम लाग्दैन उनलाई […]
जलवायु सङ्कटले गरिबीः गरिबीले बालविवाह झन् विकराल
सोनाम लामा, बाजुरा (हिमालखबरबाट साभार)‘मुलाई क्यै थाह भयानाईं !’ पीडा र थकाइले खुम्चिएको मुहार अझ खुम्च्याउँदै बिर्जमानले दुःख बिसाए। त्यसअघि उनले भारी बिसाए। मुक्तिकोट गाउँका बासिन्दा उनी अर्धचेत बुहारी रेतीलाई बोकेर स्वास्थ्यचौकी आइपुगेका थिए। स्वास्थ्यचौकी पुग्न गाउँबाट तीन घण्टा ओह्रालो झर्नुपर्छ। तीन महीनाकी गर्भवती रेती निरन्तर रक्तस्रावले इन्तु न चिन्तु थिइन्। केही बेरको उपचारपछि उनको ज्यान त जोगियो। […]
जो छ वर्ष प्रतिस्पर्धीजस्तो देखिएनन्
डोटी मंसिर ३: विहिवार दिपायलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य आनन्द बिष्टले गर्वका साथ ‘पार्टी केन्द्रले राजनीतिक संस्कार डोटीबाट सिकोस’ भन्ने अभिव्यक्ती दिए ।त्यो अभिव्यक्तीसंगै उनले भने,‘जित्नेले हार्नेलाई संगसंगै हिडाएर शासन गर्ने हो । हार्नेले पछाडीबाट सहयोग गर्ने हो । जुन डोटीमा प्रदीपजी(जिल्ला सभापति प्रदीप देउवा) र रामप्रसादजी(रामप्रसाद उपाध्याय)ले देखाउनुभएको छ […]
गाउँको मुहार फेर्दै कञ्चनपुरको बेलडाँडीका पौरखी महिला
कञ्चनपुर, कात्तिक २८ (ई-रैवार) महिलाले घरको चुलोचौका र मेलापात गर्नुपर्छ, घरको काम गरे पुग्छ भन्ने धारणालाई शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका महिलाले अन्त्य गरिदिएका छन्। दशकअघिदेखि समूहमा आवद्ध भई बचत गर्न थालेका उनीहरुले कलस महिला कृषि सहकारी संस्था सञ्चालन गरी सङ्गठितरूपमा अगाडि बढ्न थालेका छन्। सहकारीको सञ्चालक समितिदेखि कर्मचारीसम्म महिला छन्। सहकारीमा गाउँका ८३ महिला आवद्ध छन्। मासिकरूपमा […]
पूरा हुँदै विद्युतीय चुल्होमा खाना पकाउने नेपालीको सपना
काठमाडौं, कात्तिक १४ (ई-रैवार) नेपालीका लागि विद्युतीय चुल्होमा खाना पकाउने विषय एकाध वर्ष पहिले एउटा दन्त्यकथाजस्तै थियो। बिजुलीको सहज उपलब्धता थिएन। बिजुली कहिले आउँछ र कहिले जान्छ भन्ने कुराको कुनै टुङ्गो थिएन। विदेशतिर बिजुलीको चुल्होमा खाना पकाउने गरिएको छ भन्दा पनि आश्चर्य मान्नुपर्ने अवस्था थियो। नेपाल विद्युत् प्राधिकरणले हरेक साता निकाल्ने लोडसेडिङको सूचनामा जीवन खोज्न […]
कैलालीमा बाढीपछि सुत्केरी, गर्भवती र बालबालिकालाई कठिन
दुर्गा देवकोटा/ टीकापुर, कार्तिक १२ (ई-रैबार) टीकापुर नगरपालिका–७ की जानकी ठकुल्लाको १० महिनाको बच्चा छ। यही कात्तिक २ गते बाढी आएपछि जानकीको घरमा रहेका अन्नपात, लुगाकपडा सबै भिजे। बाढीपछि जानकीलाई तीन छोरी र सानो १० महिनाको बच्चा लिएर घर बाहिर बस्न निकै गाह्रो भयो। दुई दिन विद्यालयको बासपछि जानकी घर त फर्किइन् तर पोषिलो खानुपर्ने, […]


