फिचर

शिखरको ‘समृद्ध सपना’

डोटी: लेकमा महाभारतको घनघोर जंगल । त्यही जंगलमा अनेकौ जीवनहरु । अनेकौ जडीबुटीहरुको भण्डार । बेशीमा असरल्ल बग्ने सेती नदी । आसपासमा सुरम्य फाँटहरु–उर्वर भूमि । शीरदेखी पैतलासम्म असीम श्रद्धाका नक्षत्र–धार्मिक महत्वका क्षेत्रहरु । यी सबैले शिखर नगरपालिकालाई एउटा बिशिष्ठ सपना दिएका छन् । जसको समुचित प्रयोगबाट शिखर समृद्धीको शिखर चढ्नसक्ने अद्भुत साहस दिन्छन् । […]

‘बोनस लाईफ’मा सफल उद्यमी

डोटी साउन ७(ई–रैवार): १५ वर्षको उमेरमा शिखर नगरपालिका–१० बनलेगका धर्मसिँह धामी(४७)को कटकटी छाती दुख्न थाल्यो । त्यतिबेला भारतमा मजदुरी गर्दैथिए । त्यसपछि सरकारी अस्पतालमा चेँकजाँच गर्दा मुटुमा जटिल समस्या देखियो । ‘कलिलो उमेरमै मुटुमा समस्या देखिएपछि धेरै दिन बाँच्दैन भन्ने लागेर आयो,’ उनी सम्झन्छन,‘जीवनदेखी साह्रै विरक्त लाग्नथाल्यो । के गर्ने, के नगर्ने केही सोच्न सकिन् […]

बौरिदै डोटी जिल्ला अस्पताल

डोटी जिल्ला अस्पतालको ओपिडी भवन । ई–रैवार समाचार डोटी, साउन ६ चिटिक्क र सफासुग्घर परिसर । परिसर बिचमा आकर्षक बगैचा । बगैचामा ढकमक्क फुलेका आकर्षक फुलहरु । डोटी जिल्ला अस्पताल परिसर पस्दा बिरामीको मन हलुंगो हुन्छ । परिसर छेउमा रहेका रुखहरुले शितल ओत दिन्छन् । परिसरमै आराम गर्न सफासुग्घर प्रतिक्षालय बनेको छ । जहाँ लाईन […]