कञ्चनपुर, जेठ २९ (ई-रैवार) कञ्चनपुरका सामुदायिक र संस्थागत विद्यालयमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिने भएको छ। नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर तीव्ररूपमा फैलिरहेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएपछि आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न लागिएको हो। आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले नतिजा तयार गर्ने कार्य अगाडि बढाएका छन्। जिल्लाका नौ वटै […]
शिक्षा
कैलाली बहुमुखी क्याम्पसमा असार ६ गतेदेखि कक्षा सञ्चालन हुने
धनगढी,जेठ २८ (ई-रैवार) कैलाली बहुमुखी क्याम्पसले असार ६ गतेदेखि कक्षा सञ्चालन गर्ने भएको छ। क्याम्पसले शुक्रबार एक सूचना जारी गर्दै असार ६ गतेदेखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने जनाएको हो। स्नातक तह बीबीएस, बीएससी, बीए र बीएड तेश्रो वर्षको पठनपाठन असार ६ गते दिउँसो ३ बजेबाट अनलाइन माध्यमबाट सञ्चालन गरिने क्याम्पस प्रमुख प्रा.डा. पदमराज जोशीद्वारा हस्ताक्षरित […]
पुरानो नक्सा भएका पाठ्यपुस्तक बिक्री गर्नेलाई कारबाही हुने
काठमाडौं, जेठ २७ (ई-रैवार) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न र त्यसमा सम्लग्नलाई कारबाही गर्न निर्देशन दिएका छन्। केही निजी प्रकाशकले पुरानो किताबको कभर परिवर्तन गरी नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारीपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन्। पाठ्यक्रम विकास […]
असार १ गते देखि विद्यार्थी भर्ना सुरु, केही दिनभित्र एसईई परीक्षाको मिति तय हुने
काठमाडौँ, जेठ २३ (ई-रैवार) आगामी असार १ गते देखि विद्यार्थी भर्ना सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन् । मन्त्रालयमा आइतबार भएको छलफलका क्रममा मन्त्री श्रेष्ठले तोकिएको शैक्षिक सत्र अनुसार असार १ गतेदेखि अनिवार्य भर्ना प्रक्रिया अगाडि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन […]
निषेधाज्ञाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजना प्रभावित
बैतडी, जेठ २२ (ई-रैवार) बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजनाहरु शुरु हुन सकेका छैनन्। निषेधाज्ञाका कारण ती योजना सञ्चालन हुन नसकेका हुन्। उक्त कार्यक्रम अन्र्तगत जिल्लाका १ सय ३० विद्यालयका योजना छनौट भएका छन्। उक्त कार्यक्रमका लागि छनोट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर प्रयोगशाला स्थापना, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षामा नवीन प्रविधि […]
कैलालीमा विद्यार्थीको नतिजा आन्तरिक मूल्याकङ्नबाट सार्वजनिक गरिदै
टीकापुर, जेठ २२ (ई-रैवार) कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न थालेका छन्। गएको महिना वैशाख १५ गतेबाट वार्षिक परीक्षा गर्ने तयारीमा रहेका यहाँका विद्यालयमा कोरोना भाइरस सङ्क्रमण समुदायमा फैलिएपछि परीक्षा स्थगित भएका थिए। लामो समयको बन्द र विद्यालय खोल्ने वातावरण नभएपछि जिल्लाका स्थानीय तहले आन्तरिक मूल्याकङ्नबाट नतिजा सार्वजनिक गर्न […]
कक्षा १२ सम्मका छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने
काठमाडौँ, जेठ २१ (ई-रैवार) सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा […]
यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाटै, नयाँ शैक्षिक सत्र असारबाट सुरु हुने
काठमाडौँ, जेठ १८ (ई-रैवार) यस वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनकै आधारमा हुने भएको छ । कोरोना संक्रमणको कारण यस वर्षको एसईई परीक्षा पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा हुने भएको हो । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको कारण राष्ट्रव्यापी रूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै विद्यालयको आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय लिएको हो । भूमि व्यवस्था, […]
शिक्षक महासंघको बजेटमा असहमति, निजामति सरह सेवा सुविधा माग
काठमाडौँ, जेठ १७ (ई-रैवार) नेपाल शिक्षक महासंघले आर्थिक वर्ष २०७८/०७९को बजेटमा शिक्षा क्षेत्रका लागि छुट्याएको बजेटमा असहमति जनाएको छ । आर्थिक वर्ष २०७८/०७९को बजेटमा शिक्षा क्षेत्रका लागि छुट्याएको बजेटमा असहमति जनाउँदै नेपाल शिक्षक महासंघले ११ बुँदे माग राख्दै विज्ञप्ति जारी गरेको हो । बजेटमा असहमति जनाउँदै विज्ञप्तीमा शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याइनुपर्नेमा झन्झन् घटाउदै […]
राष्ट्रिय परीक्षा बोर्डले वैकल्पिक माध्यमबाट एसइई परीक्षा सञ्चालन गर्न माग्यो अनुमति
काठमाडौँ, जेठ १७ (ई-रैवार) गत वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको छ। बोर्डले सो सम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको छ। यही जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको बोर्डले […]


