काठमाडौँ, साउन २२ (ई-रैवार) देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ ।बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको अस्वाभाविक नम्बर आएपछि परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुने भएको बोर्डका एक अधिकारीले बताए । प्रयोगात्मक विषय समावेश […]
शिक्षा
विद्यालय बन्दको असर : साना बालबालिकाले क, ख बिर्सिए
टीकापुर, साउन २२ (ई-रैवार) लामो समय विद्यालय बन्द भएपछि साना बालबालिकाले क, ख समेत बिर्सन थालेका छन्। वैशाख महिनायता कैलाली जिल्लामा विद्यालय बन्द भएपछि अध्ययन गर्न नपाउँदा बालबालिकाले सिकेका कुरासमेत बिर्सिएका अभिभावक बताउँछन्। टीकापुर–१ का छपिलाल चौधरीकी छोरी प्रिन्सा चौधरी स्थानीय विद्यालयमा कक्षा १ उत्तीर्ण भएर कक्षा २ मा पढ्ने तयारीमा थिइन्। वैशाखयता विद्यालय बन्द […]
कक्षा १२ को परीक्षा स्थगित भएको छैन, तोकिएकै मितिमा हुन्छ : परीक्षा बोर्ड
काठमाडौँ, साउन २० (ई-रैवार) कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताएका हुन । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेलले कक्षा १२ को परीक्षाका बारेमा बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको समेत बताएका छन् […]
कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने
काठमाडौँ, साउन १३ (ई–रैवार) कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गर्दै कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको हो । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । बुधबार संसदको […]
कक्षा १२ को परीक्षा साउन ३१ देखि सुरु हुने (परीक्षा तालिका सहित)
काठमाडौं, साउन ५ (ई–रैवार) कक्षा १२ को परीक्षा ३१ साउनदेखि सुरु हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको हो । बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ । भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने छन् […]
डोटीमा बालबालिकालाई स्व-अध्ययन सामग्री वितरण
डोटी, साउन ३ (ई–रैवार) डोटीमा बालबालिकालाई स्व-अध्ययन सामग्री वितरण गरिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण अध्ययन गर्न नपाउने १ हजार ९१ बालबालिकालाई स्व-अध्ययन सामग्री वितरण गरिएको हो। सामुदायिक विकास केन्द्र डोटी र वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको कभर दुई परियोजनाले जिल्लाका तीन स्थानीय तहका कूल एक हजार ९१ बालबालिकालाई स्व–अध्ययन सामग्री […]
कैलालीमा पढाइ शिविर र रुपान्तरण कक्षामा आकर्षण बढ्दो
भजनी, असार ३१ (ई–रैवार) टीकापुर नगरपालिका–७ की सीता चौधरीले छोरालाई पढाइ शिविरमा पढाउन थालेको धेरै भएको छैन। छोराले अध्ययनमा भन्दा साथीसँग बढी घुलमिल हुने र पढाइमा ध्यान दिन छाडेपछि उनलाई निकै चिन्ता हुन्थ्यो। उनको त्यो चिन्ता धेरै दिन रहेन। नयाँ बिहानी पढाइ शिविरमा छोरालाई पढाउन पठाएपछि छोरामा आएको परिवर्तनले उनी आफैँ चकित छिन्। “छोराले पहिले […]
स्नातक तहको परीक्षा साउनमा, परीक्षा केन्द्रमा व्यापक वृद्धि
काठमाडौं, असार ३१ (ई–रैवार) विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यसअघि स्नातक तहको परीक्षामा जम्मा २१० वटा मात्रै परीक्षा केन्द्र बनाइएको थियो । […]
शहरमा अनलाइन कक्षा सुरु, गाउँमा सुनसान
डोटी, असार २८ (ई–रैवार) कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि डोटीका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ। शहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका बेला यहाँका अन्य गाउँघरमा भने कुनै पढाइ हुन सकेको छैन। ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा नभएका कारण गाउँघरका विद्यार्थीको पढाइ हुन नसकेको बडिकेदार गाउँपालिका–१ […]
विद्यार्थीको सहजताका लागि टिकापुरमा हेलो शिक्षक कार्यक्रम लागू
टिकापुर, असार २२ (ई–रैवार) कैलालीका विद्यालयमा विद्यार्थीको शिक्षण सिकाइमा सहजताका लागि ‘हेलो शिक्षक’ कार्यक्रम लागू गरिएको छ। कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा घरमै अध्ययन गर्ने विद्यार्थीलाई सिकाइमा सहजताका लागि केही विद्यालयले हेलो शिक्षक कार्यक्रम लागू गरेका हुन्। विद्यालयले टेलिफोनमै विद्यार्थीलाई परामर्श दिन थालेका छन्।दुई महिना विद्यालय बन्द भएपछि असार महिनादेखि कैलालीका विद्यालय खुलेका छन्। […]


