शिक्षा

द्वारिकादेवी ठकुरानी फाउण्डेशनद्वारा शैक्षिक सामाग्री बितरण

एकेन्द्र चन्द डोटी फागुन ८(ई-रैवार): द्वारिकादेवी ठकुरानी फाउण्डेशनले डोटीका पाँचवटा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । फाउण्डेशनले केआईसिँह गाउँपालिकाका तीनवटा र आदर्श गाउँपालिकाका दुईवटा विद्यालयका दुई सय ६४ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । केआईसिँह गाउँपालिका महादेश आधारभूत विद्यालयका एक सय २१ छात्राहरु, मष्टेश्वर आधारभूत विद्यालयका १५ र गंगेश्वर आधारभूत विद्यालयका १० जना […]

करिब आठ लाख बालबालिका विद्यालयको पहुँच बाहिर रहेको युनिसेफको तथ्यांक

काठमाण्डौ माघ २१(ईरैवार) युनिसेफले पाँचदेखि १२ वर्ष उमेर समूहका करीब ७ लाख ७० हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रही आधारभूत शिक्षा पाउनबाट वञ्चित रहेको जनाएको छ । पाँचमध्ये दुई महिलाले १८ वर्षभन्दा पहिले नै विवाह गर्ने । पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका गरीबीको रेखा मुनि रहेको लगायतका तथ्य युनिसेफले जनाएको छ । युनिसेफले नेपालमा सबै […]

डोटी-काठमाण्डौ सम्पर्क समितिका सभापती बलायर सम्मानित

डोटी पुस १७ (ई-रैवार) नेपाली काँग्रेस डोटी-काठमाण्डौ सम्पर्क समितिका सभापती दीर्घ बलायर सम्मानित भएका छन । शिखर नगरपालिका-१० मा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय बानेडुग्रिसैनले उनलाई सम्मान गरेको हो । विद्यालयको विकासमा योगदान पुर्याएको भन्दै बुधबार ४४ औँ वार्षिकोत्सवको अवसरमा सभापति बलायर सम्मानित गरिएको हो । नेता बलायरले आफ्ना दिवंगत दाजुहरूको सम्झनामा सीताराम-तेज स्मृति फाउण्डेशनको स्थापना […]

चिसोका कारण धनगढीका विद्यालयमा दुई दिन बिदा

धनगढी पुस ३(ई-रैवार) चिसोका कारण धनगढी उप–महानगर क्षेत्रका विद्यालयमा दुई दिन बिदा दिने निर्णय भएको छ। धनगढी उप–महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहिवार र शुक्रवार बन्द गर्ने निर्णय भएको हो। उप–महानगरपालिकाका उपसचिव विष्णुप्रशाद कोईरालाले आज विहान मात्रै बिहिवार र शुक्रवार उप–महानगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णय भएको पुष्टि गरे। उनले शनिबारको मौसमपछि फेरी […]

कर्णालीको जोखिम मोलेर विद्यालय

सुर्खेत, भदौ ९ (ई-रैवार) कैलालीको मोहन्याल गाउँपालिका–३ रांगाका जगत भुल सुर्खेतको चौकुने गाउँपालिकास्थित जगन्नाथ माविमा कक्षा १० मा पढ्छन्। कैलालीबाट कर्णालीको जोखिमपूर्ण यात्रा गरेर सुर्खेतमा पढ्न आउनु उनको रहर होइन, बाध्यता हो। गाउँमा प्राथमिक विद्यालयमात्र छ। माथिल्लो कक्षा अध्ययनका लागि दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्छ। कैलाली र सुर्खेतलाई छुट्याउने कर्णाली नदीमाथि पुल छैन। ‘वर्षाको भेलमा पनि […]

शिक्षालयमा ‘सिसिटिभि’ले शैक्षिक गुणस्तर सुधार

दिपायल भदौ १(ई-रैवार): हलमा परीक्षा चलिरहेको छ । परीक्षालाई मर्यादित बनाउन निरीक्षक चनाखो भएर हेरिरहेका छन् । उनीभन्दा बढी चनाखो शिक्षालय दिपायलका प्रमुख शालिकराम डाँगी भएर बसेका छन् । उनी आफ्नै कार्यकक्षमा बसेर ‘सिसिटिभी क्यामरा फुटेज’बाट प्रत्यक्ष सबै हलमा नियालीरहेका छन् । यो सेती प्राबिधिक शिक्षालय दिपायलको बिहिबार बिहानको दृश्य हो । उनका अनुसार उनी […]

बालमैत्री वडा घोषणा गर्न प्रतिवद्धता

सिलगढी साउन २७(ई-रैवार): डोटीको पूर्वीचौकी गाउँपालिका– १ सिरसैनलाई बालमैत्री वडा घोषणा गर्न सरोकारवाला निकायहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । वडा कार्यालयले सोमबार आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले प्रतिबद्धता जनाएको हुन् । कार्यक्रममा बोल्दै शाजेन्द्रश्वर माबिका शिक्षक देब बोहराले आफ्नो विद्यालयले हाल विद्यार्थीको पढाई, लेखाई, खेलकुद, सरसफाई निर्माणाधिन संरचनामा बालवालिकालाई ध्यानमा राखेर […]

कक्षा १२ को नतिजा सार्वजनिक

  काठमाडौं, साउन १३(ई-रैवार): राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० जनाले परीक्षा दिएका थिए । सोमबार दिउँसो परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।नतिजाअनुसार […]

विद्यार्थीको सुसाईड नोटमा शिक्षकको नाम

कञ्चनपुर साउन १२ (ई-रैवार): कञ्चनपुर एकजना विद्यार्थीले आत्माहत्या गर्नुअघि लेखेको सुसाइड नोटमा मर्नुको कारण शिक्षक भनी उल्लेख गरेका छ। जिल्लाको भीमदत्त नगरपालिकामा रहेको लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत भीमदत्त नगरपालिका–३ भाँसीका १६ वर्षीय सुरज लेखकले हरिलाल जोशी एलबिए प्लस टु कोअर्डिनेटर ‘मर्नुको कारण’ भनेर सुसाईट नोटमा उल्लेख गरेका छन्। शनिबार आफ्नै घरको कोठमा झुण्डिएर […]

शिक्षा कार्यालयबाटै शिक्षकको राहत कोटा गायब !

भक्तपुर, साउन ७(ई–रैवार): हाल शिक्षा विकास तथा समन्वय इकाई बनेको भक्तपुरको तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट सात राहत शिक्षकको कोटा गायब भएको तथ्य बाहिर आएको छ। भक्तपुरस्थित समुदायमा आधारित पुनःस्थापना केन्द्र (सीबीआर) लाई उपलब्ध गराएको प्राथमिक तहको सात राहत शिक्षकको कोटा शिक्षा कार्यालयबाटै गायब भएको हो। देश संघीयतामा गएर माध्यमिक तहसम्मका शिक्षकहरुको जिम्मेवारी एवं दायित्व नगरपालिकामा […]