शिक्षा

टीकापुरका सबै सामुदायिक विद्यालयमा एउटै रङ

टीकापुर, कात्तिक १  (ई-रैवार)  देशभरका सबै विद्यालयको भौतिक पूर्वाधार एकै रङको बनाउन शिक्षा विभागले दिएको निर्देशनपछि कैलालीको टीकापुरका सबै विद्यालयमा रङ्गरोगन गरिएको छ । टीकापुर नगरपालिकाले पहिलो चरणमा १८ विद्यालयमा रङ्गरोगन गरेको हो । शिक्षा विभागको निर्देशनअनुसार विद्यालयमा एकरुपता ल्याउन रङ्गरोगन गरिएको शिक्षा अधिकृत नरेश अवस्थी बताउनुहुन्छ । ‘‘सरकारले सबै विद्यालय एउटै खालको देखिनुपर्छ भनी […]

बाजुरामा विद्यालय सञ्चालन गर्दा शिक्षककै कारण पुन : कोरोना संक्रमण

बाजुरा, असोज २९ (ई-रैवार) विगत दुई महिना यता बाजुराका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थिएन । स्थानीय तहले हतारमा निर्णय गर्दै विद्यालय सुचारु गर्न अनुमति दियो । दुई महिना सम्म कोरोना संक्रमित फेला नपरेको बाजुरामा पुनः संक्रमण देखापरेको छ । तर विद्यालय सञ्चालन हुने वित्तिकै बाजुरका ६ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । […]

शिखर नगरपालिका भित्रका विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण

डोटी, असोज २८ (ई-रैवार) शिखर नगरपालिका भित्रका विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण गरेको छ । डोटीको शिखर नगरपालिकाले  वुधवार एक कार्यक्रमका विच नगरपालिका भित्रका विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएको शिखर नगरपालिका निमित्त कार्यकारी अधिकृत प्रमानन्द शर्माले  नगरपालिकाका निम्न माध्यामिक विद्यालय, माध्यामिक विद्यालय र केही मात्रामा आधारभुत विद्यालयगरी ३० विद्यालयका छात्राहरुलाइ सेनेटरी प्याड […]

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण, शनिबार मात्रै भेटेका थिए प्रधानमन्त्रीलाई

काठमाडौं, असोज २५ (ई-रैवार)   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ । आइतवार कोरोना संक्रमण पुष्टि भएका शिक्षा मन्त्री पोखरेलले शनिबार मात्रै बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलेको छ । डाक्टर गोविन्द केसीको १९ औँ पटकको अनसन तोडाउनका लागि मन्त्री पोखरेल यो साता सक्रिय भएका थिए। वार्ता टोली गठनदेखि […]

स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने

शेषकान्त पण्डित काठमाडौँ, असोज २२ (ई-रैवार) विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो अब खुलेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले विद्यालय, विश्वविद्यालय तथा शैक्षिक संस्थाका लागि परीक्षा सञ्चालन गर्न […]

कक्षा १२ को परीक्षा पुरानै ढाँचामा सञ्चालन गर्ने प्रस्ताव

काठमाडौं, असोज २० (ई-रैवार) कक्षा १२ को परीक्षामा विद्यार्थी उपस्थितिकै आधारमा सञ्चालन गर्ने अनुमतिका लागि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । कोरोना संक्रमणका कारण ६ महिनादेखि हुन नसकेको कक्षा १२ को परीक्षा विद्यार्थी उपस्थितिकै आधारमा सञ्चालन गर्ने अनुमतिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो  । तीन दिनअघि पठाएको सुझावसहितको प्रस्तावमा कक्षा […]

डोटीमा टोल शिक्षा कार्यक्रम सञ्चालन : शिक्षकलाई पढाउन भ्याइनभ्याइ

डोटी, असोज १४ (ई-रैवार) कोरोना महामारीका कारण अध्ययनअध्यापन प्रभावित भएपछि डोटीका सामुदायिक विद्यालयले पछिल्लो समय विद्यार्थीका लागि टोल शिक्षा सञ्चालनमा ल्याएका छन्। इन्टरनेट असुविधाका कारण अनलाइन कक्षा चलाउन नसकेपछि यहाँका सामुदायिक विद्यालयलले टोल शिक्षा सञ्चालनमा ल्याएका  हुन्। टोल शिक्षा सञ्चालनमा आएपछि अहिले शिक्षकलाई पढाउन भ्याइनभ्याइ हुन थालेको छ। यहाँका विभिन्न स्थानीय तहका सामुदायिक विद्यालयले शिक्षकको दैनिक […]

सुदूरपश्चिममा पठनपाठन पुन: सञ्चालन गर्न वैकल्पिक विधि छनोटमा अलमल

धनगढी, असोज ११ (ई–रैवार) कोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलाली लगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल देखिन थालेको छ । सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ बमोजिम पठनपाठन सहजीकरण गर्न विद्यार्थीको वर्गीकरण र अभिलेखिकरणको काम भइरहँदा कस्तो विधि अपनाउन उपयुक्त हुन्छ भन्नेमा टुङ्गोमा पुग्न […]

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयद्वारा अनलाइन परीक्षा शुरु

धनगढी, असोज १० (ई–रैवार) सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला कोरोना कहरका बीच विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको हो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीले पहिलो चरणमा शुक्रबार सिभिल इञ्जिनियरिङ र कृषि विज्ञानका पहिलो र तेस्रो सेमेस्टरको परीक्षा शुरु भएको बताएका […]

शिक्षामन्त्रीको आग्रह : तत्काल विद्यालय नखोल्नुस्

काठमाडौं ,असोज १० (ई–रैवार) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा मन्त्री पोखरेलले शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, […]