शिक्षा

विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन

काठमाडौं,  कार्तिक २६ (ई-रैवार) सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय तहका सबै विद्यार्थीलाई तत्काल निःशुल्क सिमकार्ड वितरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् । सामुदायिक विद्यालयको पठनपाठन अनलाइनमार्फत सञ्चालन हुने गरी व्यवस्था मिलाउन उनले यस्तो निर्देशन दिएका हुन् । प्राधिकरणको कार्यालय भ्रमण गर्दै मन्त्री गुरुङले मंगलबार कोरोना महामारीका कारण शैक्षिक सत्रको पठनपाठन हुन नसकेको बताए । […]

कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्तांक मंसिर ८ भित्र पठाउन बोर्डको निर्देशन

काठमाडौं,  कार्तिक २६ (ई-रैवार) सानोठिमी भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्तांक पठाउन विद्यालयलाई निर्देशन दिएको छ । बोर्डका अनुसार २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कनका सम्बन्धमा ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२)को विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरणसम्बन्धी कार्यविधि २०७७’ […]

बैतडीमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा सुरु

बैतडी, कार्तिक २१ (ई-रैवार) कोरोना भाइरस महामारीबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर बैतडीमा पनि कक्षा ११ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि विभिन्न विद्यालयमा कक्षा ११ को परीक्षा सुरु गरिएको हो । आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ को परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णयपछि विद्यालयले […]

कक्षा–१२ को परीक्षा समय डेढ घन्टा मात्रै, परीक्षार्थी संक्रमित भएमा निको भएपछि दिन पाइने

काठमाडौं, कार्तिक १६ (ई-रैवार) ९ मंसिरदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने भएको छ । अघिल्ला वर्षको मोडेलअनुसरण गर्दै डेढ घन्टामा हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ । राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र […]

सुदूरपश्चिममा शिक्षण सिकाइको वैकल्पिक विधिमा विद्यार्थीलाई समेट्न समस्या

धनगढी, कार्तिक १५ (ई-रैवार) कोरोना सङ्क्रमणको जोखिमकाबीच विद्यालयले सुरु गरेको शिक्षण सिकाइको वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या भएको छ । विद्यालय पुगेर कक्षा कोठामा पढ्ने बानी परेका विद्यार्थी तोकिएको वैकल्पिक विधिको पहुँचमा पुग्न नसक्नुका साथै आवश्यक वातावरण पनि मिल्न नसक्दा सिकाइ विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या देखिएको हो । अधिकांश विद्यालयले अनलाइन कक्षामार्फत शिक्षण […]

बैतडीका विद्यालयमा भोलिदेखि पठनपाठन सञ्चालन

बैतडी,कार्तिक १५ (ई-रैवार)  बैतडीमा भोलिदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् । दशैँअघि बन्द भएका नगरपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन लागेको पुर्चौडी नगरपालिकाका  शिक्षा शाखाप्रमुख दिनेश नागरीले जानकारी दिए । उनले भने, “नगरका सबै विद्यालयमा प्रत्यक्ष रुपमा पठनपाठन सञ्चालन हुन्छन्, पठनपाठनका बेला विद्यालयमा स्वास्थ्य […]

कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य

काठमाडौं, कार्तिक ११ (ई-रैवार) कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट  जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डले एक महिनापछि सञ्चालन हुने परीक्षामा परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट  जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको जनाएको छ । माध्यमिक […]

डोटीमा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने

डोटी, कार्तिक ११ (ई-रैवार)  जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्न विश्व विद्यालय अनुदान आयोग (युजिसी) पूर्व प्रमुख प्रा डा त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । बज्राचार्य नेतृत्वको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, […]

कक्षा १२ को परीक्षा ९ मंसिरदेखि, कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै व्यवस्था

काठमाडौं, कार्तिक ६ (ई-रैवार)  नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन […]

सुदूरपश्चिामाञ्चल विश्वविद्यालयको जग्गा फिर्ता

कञ्चनपुर, कात्तिक १  (ई-रैवार) सुदूरपश्चिामाञ्चल विश्वविद्यालयको भीमदत्त नगरपालिका-१५ निम्बुखेडास्थित अतिक्रमणको चपेटमा परेको जग्गा फिर्ता भएको छ। सुकुम्बासी भूमिहीन बस्दै आएको विश्वविद्यालयको जग्गा फिर्ता भएको हो। विश्व विद्यालयको जग्गामा डेढ दशक देखि बस्दै आएका ४२ परिवारले सात विगाह जग्गा फिर्ता गरेका छन्। विसं २०६९ सालमा तत्कालीन महेन्द्रनगर विकास समितिले विश्वविद्यालयलाई उक्त जग्गाको स्वामित्व दिएको थियो। वास्तविक सुकुम्बासीको […]