शिखर नगरपालिका भित्रका विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण

शिखर नगरपालिका भित्रका विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण
Spread the love

डोटी, असोज २८ (ई-रैवार)

शिखर नगरपालिका भित्रका विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण गरेको छ । डोटीको शिखर नगरपालिकाले  वुधवार एक कार्यक्रमका विच नगरपालिका भित्रका विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गरिएको शिखर नगरपालिका निमित्त कार्यकारी अधिकृत प्रमानन्द शर्माले  नगरपालिकाका निम्न माध्यामिक विद्यालय, माध्यामिक विद्यालय र केही मात्रामा आधारभुत विद्यालयगरी ३० विद्यालयका छात्राहरुलाइ सेनेटरी प्याड वितरण गरेको वताए ।

प्रथम चरणमा विद्यालयले माग गरेको आधारामा प्रति छात्रालाइ १० वटा पुग्ने गरि झण्डै ३० हजार सेनेटरी प्याड वितरण गरिन लागिएको शिखर नगरपालिका डोटीका शिक्षा शाखा प्रमुख शेर वहादुर कार्कीले वताएका छन । सेनेटरी वितरणले रजस्वाला भएका समयमा विद्यालयमा अनुपस्थित हुने, मनमा संकोच लिने, सुरक्षा जस्ताको अन्त्य भइ शिक्षण शिकाइमा वृद्धि हुने शिक्षा शाखा प्रमुख कार्कीले वताए ।

शारदा माद्यामिक विद्यालयका प्राधानाध्यापक चन्द्र जोशीले उपल्ध सेनेटरी प्याडले विद्यालयमा छात्राहरुको निरन्तरता र पठन पाठनमा सकारात्मक भूमिका निर्वाह गर्ने वताए ।

सेनेटरी वितरण कार्यक्रममा शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले सेनेटरी प्याडले छात्राहरु विद्यालय आउन हिच्किचाउने, पढाइमा वाधा पुग्नवाट अन्त भइ शिक्षण शिकाइमा नै सकारात्मक प्रभाव प्रर्ने कुरा वताए ।

शिखर नगरपालिकाले पहिलो पटक नमुनागत रुपना यो कार्यक्रम शुरुवात गर्न लागिएको र अवका दिनमा यस्लाइ निरन्तरता दिइने नगर प्रमुख जोशीले वताए । नगरपालिकाका विद्यालयहरु एक साता देखि संचालनमा रहेका छन ।