शिक्षा

चालू शैक्षिकसत्रमा वैकल्पिक विधिबाट १ सय ५४ दिन पढाउनुपर्ने

  काठमाडौं, भदौ १८ (ई-रैवार)  पाठ्यक्रम विकास केन्द्रले विषय समितिका विज्ञसँग छलफल गरी तत्कालका लागि ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ । पाठ्यक्रम विकास केन्द्रले ७० प्रतिशत कोर्स पढाउने गरी हप्ताको २३ घण्टाको दरले ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको हो । चालू शैक्षिक सत्रमा १ सय ५४ […]

पाठ्यभार घटाएरै भएपनि शैक्षिक सत्र खेर जान दिँदैनौं : शिक्षामन्त्री

  काठमाडौं, भदौ १७ (ई-रैवार) शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिक सत्र खेर जान नदिने बताएका छन् । सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीसँगको भर्चुअल अन्तर्क्रियामा मन्त्री पोखरेलले पाठ्यभार घटाएर भएपनि पूर्व निर्धारित समयावधिभित्रै शैक्षिकसत्र पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका हुन् । पोखरेलले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई […]

त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा दशैँ पछाडि हुने

  काठमाडौं, भदौ १३ (ई-रैवार) त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन । परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने […]

कोभिड १९ को छायाँमा नयाँ शैक्षिक सत्र : अब यसरी चलाऊँ नयाँ कक्षा

  गेहनाथ गौतम शैक्षिक सत्र खेर जान नदिने विषय अहिले शैक्षिक बहसको केन्द्रमा छ। यो विषय विद्यालय मात्र होइन विश्व विद्यालयका लागि पनि उत्तिकै चिन्ताको विषय हो । त्यसैले पनि धेरै पक्षबाट दृष्टिकोण वा सुझावहरु सार्वजनिक हुने गरेका छन्। तर अधिकांश बहस, छलफलहरु कोभिडको संक्रमण सकिएला र विगतकै नियमित दिनचर्यामा निरन्तरता दिऔँला भन्दै पर्खिने कोणबाट […]

भदौ १ गतेदेखि विद्यालयमा भर्ना खोल्नु – सरकार

  काठमाडौं, साउन २३ (ई-रैवार) सरकारले शैक्षिक सत्र ०७७ – ०७८ को भर्ना भदौ १ गतेदेखि खोल्न आह्वान गरेको छ । भदौ १ गतेबाट भर्ना खोल्ने निर्णय यसअघि नै गरे पनि कोरोनाका संक्रमित बढ्न थालेपछि निर्णय पुनर्विचार हुनसक्ने चर्चा समेत भइरहेका बेला शिक्षा मन्त्रालयले बिहीबार ७ सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै भर्ना खोल्न भनेको […]

विद्यार्थी भर्ना भदौ १ देखि, विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने

  काठमाडौं, साउन १५ (ई-रैवार) सरकारले विद्यार्थी भर्ना भदौ १ देखि सुरु गर्ने भएको छ । विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय भएको […]

अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग

काठमाडौं, साउन २ (ई-रैवार) सरोकारवाला तथा विज्ञहरुले निजी विद्यालयहरूले साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन–प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरेर बन्द गरेको अनलाईन कक्षाहरु यथाशक्य चाँडो सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष […]

विद्यार्थीलाई घर–घरमै पौष्टिक आहार

डोटी असार २०(ई-रैवार) विद्यालय बन्द रहेको हालको अवस्थामा विद्यार्थीले ‘शिक्षाका लागि खाद्य’ कार्यक्रमको पौष्टिक आहारयूक्त दिवाखाजा घरमै खान पाउने भएका छन् । कोभिड–१९को महामारीले हाल नेपालभर विद्यालयहरु बन्द छन् । यस्तो अवस्थामा यो कार्यक्रम लागु भएका विद्यालयका विद्यार्थीहरुले घर–घरमै पौष्टिक आहार खानपाउने व्यवस्था गरिएको छ । विश्व खाद्य कार्यक्रमको सहयोगमा ‘शिक्षाका लागि खाद्य’ कार्यक्रम नेपालमा […]

वैशाख २६ गतेबाट विद्यार्थी भर्ना शुरू हुने

काठमाडौँ वैशाख २१(ईरैवार) लकडाउनका कारण रोकिएको विद्यार्थी भर्ना कार्यक्रम वैशाख २६ गतेबाट शुरू हुने भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख २६ गतेबाट नयाँ सत्रका निम्ति विद्यार्थी भर्ना सुरु हुने बताए । ‘वैशाख २५ गतेसम्म बन्दाबन्दी कायम रहन्छ, त्यसपछि मन्त्रिपरिषद्ले बन्दाबन्दीको मोडेल परिवर्तन गर्नेछ,’ मन्त्री पोखरेलले भने । बन्दाबन्दीसम्म कक्षा […]

शिक्षा इकाई प्रमुख बचाउन फर्जी मेडिकल रिपोर्ट

प्रकाश बम डोटी चैत्र ३ (ई–रैवार): जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिराले ‘मदमत्त’ भेटिए । कार्यालय समय(१२ः३०)मै कार्यकक्षमै लट्ठीएको अवस्थामा भेटिएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई खबर भयो । पौडेलले ‘प्रहरी पठाएर नियन्त्रणमा लिइ अनुसन्धान गरेर कारबाही गर्ने’ बताएका थिए । त्यसपछि ढिलोगरी जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी […]