कैलालीमा बिधार्थी संगठनहरुले ६ बुँदे माग राख्दै प्रसाशनलाई बुझाए ज्ञापन पत्र

कैलालीमा बिधार्थी संगठनहरुले ६ बुँदे माग राख्दै प्रसाशनलाई बुझाए ज्ञापन पत्र
Spread the love

धनगढी, असोज २३ (ई-रैवार)

बिधार्थी संगठनहरुले ६ बुँदे माग राख्दै जिल्ला प्रसाशन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई बिभिन्न बिधार्थी संगठनहरुले ६ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका हुन ।

नेबिसंघ,अनेरास्वबियु ,अखिल क्रान्तिकारी लगाएत ६ बिधार्थी संगठनहरुले संयुक्त रुपमा बिभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारी बोहरालाई ज्ञापन पत्र बुझाएको नेबि संघका कैलाली अध्यक्ष भेष बमले बताए ।

बिधार्थी संगठनहरुले कोरोना जोखिम बढिरहेको बेला जिल्लामा बिना स्वास्थ्य सतर्कता शैक्षिक संस्थाहरु सन्चालनमा गर्न नहुने , सार्बजनिक सवारीका साधनहरुमा ५० प्रतिशत भाडा बढाउने सरकारी नियम खारेज हुनु पर्ने, शैक्षिक संस्थाहरुले अनलाइन कक्षाको नाममा अशुल्दै आएको शुल्क नियन्त्रण गर्नु पर्ने, कोभिडको कारण अलपत्र परेका गरिब बिधार्थीको कोठा भाडा लगाएत अन्य समस्या समाधानको लागी राहत प्याकेज ल्याउनु पर्ने लगाएतका मागहरु गरेका छन । यि मागहरु सम्बोधन नभए कडा आन्दोलन गर्ने ज्ञापन पत्र मार्फत चेतावनी समेत दिएका छन ।