कार्तिकमै प–यो खप्तडमा हिउँ

कार्तिकमै प–यो खप्तडमा हिउँ
Spread the love

डोटी मंसिर १(ई–रैवार)
सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थल खप्तडमा यसवर्ष कार्तिक मसान्तमै हिमपात भएको छ । कार्तिकको अन्तिम दिन गएराती खप्तडमा हिमपात भएको हो ।
यसवर्षको पहिलो हिमपातले खप्तडको दृश्य मनोरम देखिएको खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।
गएराती सुदूरपश्चिमको मौसममा आंशिक बदली आएर हल्का पानी परेको थियो । सोही क्रममा खप्तडमा हिमपात भएको हो । राती हिउँ परेपनि बिहानैदेखी भने बाताबरण सफा छ ।
गतवर्ष यसभन्दा अगाडीको समयमै हिउँ परेको होटल तथा पर्यटन व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीपकबहादुर खड्का बताए । ‘खप्तडमा चिसो बढे वा पानी परे असोजको अन्तिमबाट हिउँ पर्न शुरु हुन्छ,’ उनले भने,‘यद्यपी यो सिजनमा परेका हिउँ जम्दैन् । मंसिर १५ पछि परेको हिउँ मात्र जम्छ ।’
हिउँ पर्दाको खप्तड पनि पर्यटनका लागि उत्तिकै मनमोहक हुने पर्यटन व्यवसायीहरु बताउछन् ।