नेपालमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या एक लाख नाघ्यो

नेपालमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या एक लाख नाघ्यो
Spread the love

काठमाडौं, असोज २३ (ई-रैवार)

नेपालमा आज थप २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार २ सय ७९ नमुना परीक्षण गर्दा उनीहरुमा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका १ हजार १ सय १६, ललितपुरका १ सय ६३ र भक्तपुरका १ सय ३० जना छन् ।

यस्तै मोरङका ८६ जना, मकवानपुरका ६७, दाङका ६५, चितवनका ५१, बाँकेका ४५, काभ्रेका ४०, कास्कीका २८, सुनसरीका २६, नवलपुरका २५, रामेछापका १९, महोत्तरीा १७, पर्साका १५, गोरखाका १२, बारा र सिन्धुली ११ जना, रौतहट र बर्दियाका ९/९ जना, झापा, तनहुँ र दैलेखका ८/८ जना, सर्लाही र धादिङका ७/७ जना तथा सिन्धुपाल्चोकका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

गुल्मी र कालीकोटका ५/५ जना, नुवाकोटका ४, खोटाङ, धनुषा, दोलखा, पर्वत, लमजुङ, अर्घाखाँची, प्युठान, रुपन्देही सल्यान र सुर्खेतका ३/३ जना, धनकुटा, बाग्लुङ, पाल्पा, रुकुम पूर्व, रोल्पा, कञ्चनपुर र कैलालीका २/२ जना तथा उदयपुर, भोजपुर, सप्तरी, सिराहा, स्याङ्जा, कपिलवस्तु, रुकुम पश्चिम,डोटी र बैतडीका १/१ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ६ सय  ७६ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७३ हजार २३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ७२ दशमलव ५ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ४५ हजार २ सय ३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ११ हजार १ सय ७६ जना र होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७ सय ३ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३ सय १८ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

बुधबार तीन हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने एक हजार १ सय २६ जना डिस्चार्ज भएका छन् । देशभर बुधबार १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

बिहीबार ४ हजार ३ सय ६४ कोरोना संक्रमित थपिएका थिए भने २ हजार ६ सय ७५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी बिहीबार १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।