कर्मचारीमा कोरोना देखिएपछी नगरपालिका एक हप्तासम्मका लागि बन्द

कर्मचारीमा कोरोना देखिएपछी नगरपालिका एक हप्तासम्मका लागि बन्द
Spread the love

कञ्चनपुर, असोज २३ (ई-रैवार)

बेलौरी नगरपालिका एक हप्ता सम्मका लागि बन्द गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयका कर्मचारीमा कोरोना देखिएपछी एक हप्ताका लागी नगरपालिका बन्द गरिएको हो ।

बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरीले नगरपालिकाका कार्यरत ३ जना कर्मचारी र अन्य थप ३ जनागरी जम्मा ६ जनामा शुक्रबार कोभिड १९ संक्रमण देखिएपछि असोज २३ गते देखि २९ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरिएकोबताए ।

प्रमुख प्रशासकीय अधिकृत चौधरीका अनुसार, संक्रमित व्यक्तिहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको समेत स्वाब संकलन गरी परीक्षण गर्नुपर्ने भएकोले थप संक्रमणको जोखिम न्युनीकरण गर्न नगरपालिका कार्यालय र मातहतका सबै वडा कार्यालय २९ गतेसम्मका लागि बन्द गरिएको छ ।

बेलौरी नगरपालिकाले जनस्वास्थ्यका मापदण्ड पालनागरी आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न नगरवासीलाई अनुरोध समेत गरेको छ ।