सुदूरपश्चिमेली नेपाली समाजद्वारा खेलाडीलाई कोरोना बिमाका लागी आर्थिक सहयोग

सुदूरपश्चिमेली नेपाली समाजद्वारा खेलाडीलाई कोरोना बिमाका लागी आर्थिक सहयोग
Spread the love

अत्तरिया, श्रावण ५ (ई-रैवार)

सुदुरपश्चिमेली नेपाली समाजले खेलाडीहरुलाई कोरोना बिमाका लागी आर्थिक सहयोग गरेको छ ।समाजको साझा अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड १९ विरुद्ध एक वर्षे बिमाको लागि आर्थिक सहयोग गरेको हो ।

सुदुर पश्चिमेली नेपाली समाजले सोमबार एक कार्यक्रमको आयोजना गरी सुदुरपश्चिम प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड १९ विरुद्ध एक बर्षे बिमाको लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीलाई सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतबहादुर थापा मार्फत नेपाली ५१ हजारको चेक हस्तान्तरण गरेको हो ।

सुदुरपश्चिम प्रदेशका खेलकुद अन्तर्गत विभिन्न विधाका करिब ३४० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हरुको कोरोना विरुद्धको बिमाको लागि रकम हस्तान्तरण गरेको नेपाल संयोजक थापाले बताए ।

सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका पुर्व दक्षिण एसिया संयोजक ज्ञानेन्द्र बहादुर सिंह, भारत केन्द्रिय अध्यक्ष दिपक प्रकाश मल्ल, भारत महाराष्ट्र राज्य सल्लाहकार प्रेम खड्का, नेपाल समन्वय समिति सदस्य धुर्व बहादुर मल्ल, कतार केन्द्रीय संस्थापक सल्लाहकार भीम बहादुर बलायर लगायतको उपस्थितीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दलाई उक्त चेक हस्तान्तरण गरेको सुदुरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायरले बताए ।

स्वदेश तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरुलाई आईपर्ने समस्याहरुको समाधानका लागि नेपालमा हुने प्राकृतिक दैवियप्रकोप बाट प्रभावित क्षेत्र, स्वास्थ्य, खेलकुद तथा शिक्षा लगायत परोपकारी कार्यका गर्र्न सुदूरपश्चिमेली नेपाली समाजले परोपकारी अभियान थालेको समाजका नेपाल संयोजक थापाको बताए ।

यस संयुक्त अभियानलाई सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण सुदुरपश्चिमेली नेपाली समाजहरु मलेसिया, अमेरिका, क्यानडा, डेनमार्क, युरोप, पोर्चुगल, ईजरायल, कतार, बहराइन, साउदी अरबिया, युएई, कुवेत, कोरिया, जापान, अस्ट्रेलिया, भारत, मकाउ, लगायत सम्पूर्ण सहयोगी हातहरुलाई सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले हार्दिक धन्यवाद ज्ञापन गरेको प्रचार-प्रसार विभाग प्रमुख एवं दक्षिण एसिया संयोजक दिनेश खड्का ‘खप्तडी’ले जानकारी दिए ।