काठमाडौं असोज। नेपाली कांग्रेसको सभापति पदका उम्मेदवारी किशोर सिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। कांग्रेसको १५ औं महाधिवेशनमा मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराएका उनले बुधबार फिर्ता लिएका हुन्।
सभापति पदका लागि गगन कुमार थापा,राठौर र श्यामकृष्ण खड्कीले मनोनयन दर्ता गराएका थिए। कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि असोज १८ गतेदेखि खुलामञ्चमा महाधिवेशन जारी छ।


