सीमा सुरक्षाका लागि चीनले ल्यायो नयाँ कानुन

Spread the love

बेइजिङ, कात्तिक ८ (ई-रैवार)

आफ्नो देशको सीमा सुरक्षा बढाउन चीनले नयाँ कानुन ल्याएको छ। समाचार संस्था रोयटर्सका अनुसार हिमालय क्षेत्रमा भारतसँगको विवाद चर्चामा रहेका बेला चीनले शनिबार सीमा सुरक्षासम्बन्धी नयाँ कानुन पारित गरेको हो।

चीनको  नेपालसहित विभिन्न १४ मुलुकसँग जमिनमा झन्डै २२ हजार किलोमिटर सीमा जोडिएको छ। अफगानिस्तानमा तालिबानहरू सत्तामा आएपछि सीमा जोडिएको पश्चिमी प्रान्त सिन्जियाङमा पर्न सक्ने प्रभाव र म्यानमार तथा भियतनामबाट आउने आप्रवासीले फैलाउन सक्ने कोभिड-१९ को संक्रमणलाई पनि ध्यानमा राखेर चीनले नयाँ कानुन ल्याएको बताइएको छ।

जनगणतन्त्र चीनले स्थापनापछि सीमालाई कसरी सञ्चालन गर्ने भनेर  पहिलो पटक  ल्याइएको उक्त कानुन आगामी जनवरी १ देखि लागू हुने समाचारमा उल्लेख गरिएको छ।

अहिले चिनियाँ जनमुक्ति सेना र पिपुल्स आर्म्ड पुलिस फोर्स चीनको सीमा सुरक्षामा खटिँदै आएका छन्। एजेन्सी