विराटनगर, कात्तिक १५ (ई-रैवार)
मुख्यमन्त्री भीम आचार्यले आफ्नो पदबाट राजिनामा दिएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान समेत गरेका छन् ।
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सोमबार मुख्यमन्त्री आचार्यले राजीनामा दिएलगत्तै नयाँ सरकार गठनको आह्वान गरेका हुन् । भदौ १० गते मुख्यमन्त्री बनेका भीम आचार्यको कार्यकाल ६७ दिनको रहयो । पार्टीको वहुमत नरहेकोले आफूले राजिनामा दिएको बताएका छन् ।
प्रदेश प्रमुख प्यासीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् ।
मुख्यमन्त्रीको आह्वानपछि दलहरूले नयाँ सरकारका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । सोमबार सरकारका लागि दाबी पेश गर्न भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितको गठबन्धनका ५० सांसदले हस्ताक्षर संकलन गरेका थिए ।
प्रदेश १ को प्रदेश सभामा वहुमतको लागि ४७ सांसद चाहिन्छ । गठबन्धनसंग ५० सांसद छन् । एमालेका ४१ छन् । राप्रपाका एक जना सांसद कतै खुलेकी छैनन् ।


