कोरोनाका मृतकको दाहसंस्कार कसरी हुन्छ ? कैलालीमा सेनाले देखायो ‘डेमो’

कोरोनाका मृतकको दाहसंस्कार कसरी हुन्छ ? कैलालीमा सेनाले देखायो ‘डेमो’
Spread the love

धनगढी जेठ ११(ई-रैवार)

नेपालमा कोरोनाभाईरसको प्रकोप दिनप्रतिदिन झाङ्गिदै गएको छ । आईतवार दिउसो नेपालमा संक्रमितको संख्या छ सय नाघिसक्यो । सुदूरपश्चिममा पनि पछिल्ला तिनदिनयता दिनहु संक्रमित भेटिदैछन ।

यस्तोमा संक्रमितको मृत्यु भएमा दाहसंस्कार कसरी गर्ने ? यो बिषयमा आमचासो र चिन्ता बढ्दै गएको छ ।

यहि अवस्थालाई मध्येनजर गर्दै  नेपाली सेनाले कैलालीको तेघरीस्थित ब्यारेकमा यही विषयमा ‘डेमो’ देखाएको छ।

गोदावरी नगरपालिका वडा नं २ तेघरीमा तैनाथ श्री भवानीदल गण तथा श्री नं ५ फि.ए. गुल्मको सहकार्यमा कोरोना भाइरसबाट संक्रमित भई मृत्यु हुनसक्ने व्यक्तिहरुको मृत शरीर व्यवस्थापन कार्य अन्तर्गत ‘डेमो’ देखाएको भवानीदल गणका गणपति प्रमुख सेनानी विकास केसीले जानकारी दिए ।

डेमो प्रदर्शनीमा सुदुर पश्चिम पृतनाका पृतनापति निर्मल कुमार थापा,धनगढी उपमहानगरपालिकाका प्रमुख  नृप बहादुर वड, गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउद, टिकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावल, कैलाली जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला रेडक्रस सोसाइटीका प्रतिनिधि लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरु तथा स्थानिय पत्रकारहरुको उपस्थिति रहेको थियो ।