नेपालमा थप १९ सय १३ जनामा कोरोना पुष्टि, २३ सय ४० जना डिस्चार्ज

नेपालमा थप १९ सय १३ जनामा कोरोना पुष्टि, २३ सय ४० जना डिस्चार्ज
Spread the love

काठमाडौं, कार्तिक २७ (ई-रैवार)

नेपालमा आज थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७ सय ५९ महिला र १ हजार १ सय ५४ पुरुषगरी १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ९ सय ७३ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ७ सय ६४ जना, ललितपुरका १ सय २६ र भक्तपुरका ८३ जना छन् ।

कास्कीका ७१ जना, मोरङका ५७, रुपन्देहीका ५६, तनहुँका ५२, दाङका ५१, काभ्रे र कैलालीका ५०/५० जना, झापाका ४९, बाँकेका ४४, सुनसरी र चितवनका ३९/३९ जना, मकवानपुरका ३६, बर्दियाका २१, स्याङ्जाका २०, गुल्मीका १९, नुवाकोटका १८, पाल्पाका १७, सिराहाका १६, धनुषा, दोलखा र कञ्चनपुरका १४/१४ जना, नवलपरासीका १३, पर्सा, गोरखा र लमजुङका १२/१२ जना, धादिङका ११ र बाग्लुङका १० जनामा संक्रमण पुष्टि भएको छ ।

सिन्धुपाल्चोक र बझाङका ९/९ जना, सर्लाही, नवलपुर र डडेलधुराका ८/८ जना, सप्तरी र प्युठानका ६/६ जना, महोत्तरी, रौतहट, सिन्धुली, पर्वत र रुकुम पश्चिमका ५/५ जना, उदयपुर, बारा, कपिलवस्तु, दैलेख र सल्यानका ४/४ जना, ओखलढुंगा, धनकुटा, रामेछाप, मुस्ताङ र सुर्खेतका ३/३ जना, ताप्लेजुङ, अर्घाखाँची, रोल्पा, अछाम, बाजुरा र बैतडीका २/२ जना तथा तेह्रथुम, भोजपुर, सोलुखुम्बु, रसुवा, जुम्ला, हुम्ला र डोटीका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस सँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ रहेको छ ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार १ हजार १ सय ८९ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले सम्म १ लाख ६४ हजार ५ सय ९२ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म १५ लाख ८४ हजार ३ सय १७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभर ९ सय ७४ जना क्‍वारेन्टिनमा रहेका छन् ।