नेपालमा कोरोना संक्रमितको संख्या छ सय नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या छ सय नाघ्यो
Spread the love

धनगढी जेठ ११(ई-रैवार)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप १९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी गरेको छ। प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार १९ जना संंक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्।  यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो।

मन्त्रालयले कैलालीमा भेटिएका अछामका संक्रमितको भने अझै पुष्टी गरेको छैन ।

अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ।  उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६०३  पुगेको छ। तीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको मृत्यु भएको छ।