डोटी जेठ ११(ई-रैवार)
डोटीमा र्यापिड डाईग्नोष्टिक टेस्ट(आरडिटी) परिक्षणमा नतिजा ‘पोजेटिभ’ आएकासहित* तिनजनाको पीसीआर नतिजा ‘नेगेटिभ’ आएको छ ।
केहि दिन अघि गरिएको आरडिटी परिक्षणमा सिलगढीमा मजदुरी गर्ने जोरायलकी युवतीको नतिजा पोजेटिभ आएको थियो । उनि सहित उनिसंगै काम गर्ने थप दुईजना गरी तिनजनाको थ्रोट स्वाब संकलन गरि पीसीआर जाँचका लागि धनगढी पठाईएको थियो । उनिहरू तिनैजनाको ‘आरटिपिसिआर’ नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
*सच्याईएको: यसअघि यो समचारमा केआईसिँह गाउपालिकामा आरडिटी पोजेटिभ देखिएका दुईजना मजदुरको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको आशयको खबर थप थियो । उनिहरूको पीसीआर रिपोर्ट नआएको खबर पुष्टी भएपछि सच्याईएको छ ।


