समाज

कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीद्वयका प्रतिवेदन पारित गर्दै बन्दसत्र सकियो

काठमाडौं पुस। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा प्रस्तुत गरेका प्रतिवेदन पारित गर्दै बन्दसत्र सकिएको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनहरुमाथि उठेका प्रश्नको दुवै महामन्त्रीले जवाफ दिएपछि बन्दसत्र समापन गरिएको हो । उनीहरुले हलमा उठेका सुझावलाई प्रतिवेदनमा समावेश गरिने बताएका थिए । थापा र शर्माले सोमबार समसामयिक राजनीतिक […]

कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने, नेतृत्व चयन मंगलबारै

काठमाडौं पुस। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबारसम्म लम्बिएको हो । विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार बैठक मंगलबारसम्म लम्बिएको हो । मंगलबार नै नेतृत्व चयनसमेत थालिने उनले बताएका छन् । उनले […]

कांग्रेसको विशेष महाधिवेशन भोलि औपचारिक रूपमा उद्घाटन हुँदै ।

काठमाडौं पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार औपचारिक रूपमा उद्घाटन हुँदैछ । उद्घाटन समारोहका लागि शनिबार नै मञ्च निर्माण सम्पन्न गरिएको छ भने कुर्सी र साउन्ड सिस्टम जडानलगायतका तयारी कार्य तीव्र रूपमा भइरहेको छ । आयोजक समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै आइतबार बिहान ११ बजे काठमाडौं उपत्यकाका पाँच स्थानबाट विशेष महाधिवेशनको जुलुस निकालिने जनाएको छ । […]

कञ्चनपुरमा तोरी खेती विस्तार हुँदै

कञ्चनपुर  पुस । कञ्चनपुरमा तोरी खेती विस्तार हुँदै गएको छ। कम लागतमा राम्रो उत्पादन हुने र बजारमा सहज बिक्री हुने भएकाले यहाँका किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन्। जिल्लामा करिब ३०० हेक्टरमा तोरी खेती विस्तार भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।ज्ञान केन्द्रका सूचना अधिकारी धर्म साउदले तोरी पकेट क्षेत्र निर्धारण गरेर किसानलाई ५० प्रतिशत […]

देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ : पूर्वराजा

काठमाडौं पुस। पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्। पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफूहरू नारायणहिटीबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले संकटको सामना गर्नुपरिरहेको बताए।नारायणहिटीबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहेको संकटले चिन्तित बनाएको छ। हिजो देश नबनेकोमा चिन्ता थियो, […]

कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं पुस । कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका छन् । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । उनी गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए । उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो । घिसिङ राजनीतिमा लागेपछि प्रधानमन्त्री […]

नेपालगन्ज नाकाबाट ३० अर्बभन्दा बढीको आयात

नेपालगन्ज, पुस  । नेपालगन्ज नाका हुँदै चालु आर्थिक बर्षको पाँच महिनामा ३० अर्बभन्दा बढीको मालसामान आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्म ३० अर्ब ६६ करोड ८९ लाख ९० हजार रुपियाँ मूल्य बराबरको वस्तु तथा सामान आयात भएको हो । गत आर्थिक बर्ष २०८१–८२ को सोही अवधिमा […]

राष्ट्र बैंकले १६ दिनका लागि २५ अर्ब झिक्दै

काठमाडौं पुस। वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज बुधबार राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । तर आज भने निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १६ दिनका लागि उक्त रकम झिक्न […]

म्याद थपेको थप्यै, पुल अधुरै: ३ वर्षको आयोजना ५ वर्षमा जम्मा ६५ प्रतिशत !

डुम्रे तनहुँ पुस। पाँचवर्ष बितिसक्दा पनि व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने मादीसेती नदीमाथिको मोटरेबल पुल निर्माण पूरा हुनसकेको छैन। गण्डकी प्रदेशको महत्त्वपूर्ण मानिएको यस पुल समयमै सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोग्न बाध्य छन्। पुल निर्माणको समय लम्बिँदा आयोजनाको लागत बढ्दै गएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्रप्रताप तिवारीले निर्माण व्यवसायीलाई निरन्तर […]

बैंकहरुले ब्याजदर घटाए

काठमाडौं पुस । एक दर्जनभन्दा बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।आज सार्वजनिक भएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ । मंसिर […]