काठमाडौं चैत। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले वृद्धि गरिएको छ। साविकमा प्रतिलिटर रु एक सय २७ रहेको आन्तरिकतर्फको हवाई इन्धन अब वृद्धिपछि प्रतिलिटर रु दुई सय ५१ पुगेको छ। यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर आठ सय १९ अमेरिकी डलर […]
समाज
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं, चैत । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप खिच्दैछ ।अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।अहिले कुल निक्षेप ७७ खर्ब भन्दा बढी पुगेको छ ।केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप […]
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जनालाई छाडियो
काठमाडौं चैत ।नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनको क्रममा प्रकाउ परेका ६ जनालाई छाडिएको छ। बबरमहल आसपासबाट पक्राउ परेका ६ जनालाई रिहा गरिएको प्रहरीले जनाएको छ। यस्तै, पक्राउ परेका एकजना भने बैंकिङ कसुरमा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ।
तीन फर्ममाथि जरिवाना
काठमाडौं चैत। नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन तीन वटा फर्मलाई जरिवाना गरेको छ। स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवाः ग्रोसरी, प्रमिसा खाद्यस्टोर र ए जे सल्पायर्सलाई जरिवाना गरेको हो। विभागका अनुसार ललितपुर महानगरपालिका २२ बुङ्मतिमा रहेको सुवा ग्रोसरीलाई रु ५० हजार जरिवाना गरेको छ। ललितपुर महानगरपाली-१८ […]
आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋणको सीमा निर्धारण
काठमाडौं चैत। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरेको छ। समष्टिगत आर्थिक अवस्था, राजस्वको प्रवृत्ति, खर्चको दबाब र वित्तीय बजारको अवस्थालाई आधार मानेर आयोगले ऋण परिचालनमा अनुशासन कायम गर्न जोड दिँदै तीनै तहका सरकारलाई औपचारिक सिफारिस गरिएको जनाएको छ। […]
आठ महिनामा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन
हेटौँडा चैत । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ ।घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा रु […]
श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला ३ लाख रुपैयाँ जरिबाना
काठमाडौं चैत । बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार अनुगमन टोली उद्योगको डिपोमा पुग्दा ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर स्टोर गरेर राखिएको फेला पारेको […]
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं चैत।सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ।तोलामा एक सय रुपैयाँ बढेर सुनको मूल्य सोमबार ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार हप्ताको पहिलो दिन आइतबार सुन तोलाको ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने सोमबार तोलामा ५ रुपैयाँ […]
८ महिनामा विकास खर्च ७८ अर्ब
काठमाडौं चैत । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिना (साउन–फागुन)मा ७८ अर्ब ४८ करोड रुपैयाँ बराबर मात्र विकास खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार फागुन मसान्तसम्म वार्षिक लक्ष्यको १९.२४ प्रतिशत मात्र विकास खर्च भएको छ । यस वर्ष सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ बराबर पूँजीगत खर्चको […]
देशभर ६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
काठमाडौं फागुन । आज भएको प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेको छ। केही क्षेत्रमा मतदान कार्य भइरहेकाले यसको प्रतिशत केही बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ।


