समाज

राहदानी सेवा दुई दिन बन्द रहने

काठमाडौं असार। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले यही असार २५ र २६ गते (तदनुसार जुलाई ९ र १०, २०२६) राहदानीसम्बन्धी सेवा बन्द रहनेछ। यसअघि विभागले असार १९ गते […]

काठमाडौं महानगरले सञ्चालनमा ल्यायो खाद्य प्रयोगशाला

काठमाडौं असार। काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । काठमाडौं प्लाजामा स्थापना गरेको ल्याबको बुधबारबाट सञ्चालनमा ल्याइएको हो ।काठमाडौं महानगरपालिकी कार्यवाहक प्रमुख सुनिता ढंगालले एक कार्यक्रमका बीच ल्याव सञ्चालनको शुभारम्भ गरेकी थिइन् ।महानगरले आफ्नै प्रयोगशाला स्थापना गरेसँगै खाद्य नमुनाको परीक्षण छिटो हुने र बजार अनुगमनलाई थप […]

उद्योगी-व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं असार। प्रधानमन्त्री वालेन्द्र शाह र देशका प्रमुख उद्योगी तथा व्यवसायीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष संवाद सुरु भएको छ। देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउने उद्देश्यका साथ प्रधानमन्त्री शाहले आज यो विशेष छलफल सुरु गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त उच्चस्तरीय संवाद साढे ११ बजेदेखि सुरु भएको हो। बैठकमा देशको वर्तमान […]

राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी

काठमाडौं असार। नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु २० अर्बको ऋणपत्रको बोलकबोलका लागि आह्वान गरेको छ। राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘च’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ। ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था ९काउन्टरपार्टी० मात्र सहभागी हुन पाउने जनाएको छ। […]

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने

काठमाडौं असार । कृषि, वन तथा पर्यावरण मन्त्रालयले साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयका अनुसार सरकार–सरकार ९जीटूजी० सम्झौताअन्तर्गत भारतबाट ३० […]

विद्युत् प्राधिकरणको नयाँ थालनी, अब लाइन नकाटी मर्मत सम्भार हुने

काठमाडौं  असार। नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन नकाटिकनै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ । प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो कार्यको थालनी गरेको हो । नेपाल विद्युत् प्राधिकरण कायम मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट यसको थालनी गरेको प्राधिकरणले जानकारी दिएको छ । ‘उपभोक्ताहरूलाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत् […]

कम्पनी ऐन २०८३ को मस्यौदा : खारेजी प्रक्रिया सहज, साना कम्पनीलाई राहत

काठमाडौं असार। सरकारले १८ वर्ष पुरानो ‘कम्पनी ऐन, २०६३’ लाई समयसापेक्ष सुधार गर्ने तयारी तीव्र पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ ऐनको मस्यौदा तयार पारी सरोकारवाला र सर्वसाधारणको राय सुझावका लागि सार्वजनिक गरेको छ । बदलिँदो व्यावसायिक वातावरण, डिजिटल अर्थतन्त्र, स्टार्टअप संस्कृति, अन्तर्राष्ट्रिय वित्तीय पारदर्शिता र वैदेशिक लगानीका नयाँ आयामलाई सम्बोधन गर्ने गरी […]

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपालद्वारा मल आयातमा कटौती

काठमाडौं असार । नेपालले सरकार-देखि-सरकार (जीटूजी) सम्झौता अन्तर्गत भारतबाट ५० हजार टनसम्म रासायनिक मल आयात गर्न प्रतितपत्र (एलसी) खोलेको छ । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य घट्न थालेपछि यसअघिको योजनालाई कटौती गरिएको हो । नेपालको कृषि क्यालेन्डरमा सबैभन्दा महत्त्वपूर्ण अवधि मानिने जारी मनसुनी धान रोपाइँको समयमा हुन सक्ने अभावलाई कम गर्न उक्त आयात अत्यन्तै महत्त्वपूर्ण मानिएको छ […]

कैफियत भेटिएका ५ व्यावसायिक फर्मलाई ७ लाख १६ हजार जरिबाना

काठमाडौं असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा कैफियत भेटिएका ५ व्यावसायिक फर्मलाई ७ लाख १६ हजार रुपैयाँ जरिबाना तिराएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को प्रावधान उल्लंघन गरी म्याद गुज्रिएका सामान बिक्री गरेको, मूल्य र लेबल नराखेको तथा खरिद बिल चुस्त नराखेको पाइएपछि विभागले अनुगमनकै क्रममा ती फर्मलाई तत्कालै […]

काम नगर्ने जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्दै सरकार

काठमाडौं असार । सरकारले लामो समयदेखि लाइसेन्स ओगटेर काम नगर्ने जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको समितिले दिएको सिफारिसका आधारमा लाइसेन्स खारेज प्रक्रिया अघि बढाइएको हो ।उक्त समितिले विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३ सय ८८ मेगावाट क्षमताका ३८ […]