काठमाडौं असोज। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो। नयाँ मूल्य बिहीबार बिहान १२:०१ बजेदेखि लागू हुनेछ। डिजेल र मट्टितेलको मूल्य भने यथावत् राखिएको छ ।
समाज
लगातार दोस्रोपटक विश्वकपमा नेपाल
काठमाडौं असोज। सन् २०२६ को फेब्रुअरी_मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी_२० विश्वकपका लागि नेपाल छनोट भएको छ। नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी_२० विश्वकपमा स्थान पक्का गरेको हो। यसअघि नेपालले २०२४ र सन् २०१४ को टी_२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो। ओमानमा भइरहेको एसिया एन्ड इएपी छनोटमा शीर्ष तीनभित्र पर्ने पक्का भएसँगै नेपालले […]
जेनजी विद्रोहपछि पहिलोपटक सार्वजनिक भए देउवा
काठमाडौं असोज । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सांघातिक हमलाबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३५ दिनपछि सार्वजनिक भएका छन्। सभापति देउवा मंगलबार केन्द्रीय समिति बैठकका लागि केन्द्रीय कार्यालय सानेपामा पुगेर सार्वजनिक भएका हुन्। देउवासँगै पत्नी एवं केन्द्रीय सदस्य डा। आरजु राणा देउवा पनि बैठकमा पुगेकी छन्। भदौ २४ गते बुढानीलकण्ठस्थित निजी […]
तीन अर्ब ३० करोड राष्ट्र बैंकले लगानी गर्ने
काठमाडौं असोज । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम लगानी […]
हमासले सबै २० जीवित बन्धक बुझायो
काठमाडौं असोज। अन्ततः बन्धक भएको दुई वर्षपछि जीवित बचेका सबै २० बन्धक रिहा भएका छन्। हमासले महत्वपूर्ण युद्धबिराम सम्झौता भएसँगै आज सबै जीवित बन्धक मुक्त गरेको हो। बन्धक मुक्त हुने दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि इजरायल आइपुगेका छन्। इजरायली सेनाले गाजामा रहेका सबै २० जना जीवित बन्दकहरू इजरायललाई हस्तान्तरण गरिसकेको पुष्टि गरेको छ। यी बन्दकहरू […]
सुनको भाउ बढ्यो
काठमाडौं असोज। स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ। आइतबार भएको कारोबारको तुलनामा सोमबार सुन प्रतितोला दुई हजार चार सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार प्रतितोला दुई लाख ३८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार दुई लाख ४० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि प्रतितोला […]
नेपालको यूएईमाथि रोमाञ्चक १ रनको जीत
काठमाडौं असोज । आईसीसी टी_२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ ।नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । […]
कतिपय मिडियाबाट भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेकोले प्रेस काउन्सिल नेपालद्वारा अनुगमनलाई प्रभावकारी बनाउने निर्णय
काठमाडौं असोज। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।शुक्रबार बसेको बैठकमा आचारसंहिता अनुगमन, पछिल्ला प्रवृत्ति, उजुरी र स्वअनुगमनलगायतका विषयमा छलफल भएको थियो। काउन्सिलले पछिल्लो समय कतिपय मिडियाबाट भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको गुनासो आएको र आफ्नो अनुगमनबाट समेत त्यस्तो देखिएको सन्दर्भमा सम्पूर्ण पत्रकार र सञ्चार माध्यमलाई थप जिम्मेवार भई आचारसंहिता पालनामा […]
रुपन्देहीको रोहिणी गाउँपालिकामा अस्थायी र करार सेवा सम्झौता रद्द
भैरहवा असोज । रुपन्देहीको रोहिणी गाउँपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको छ । गाउँपालिका तथा मातहत सबै कार्यालयहरुमा विभिन्न मितिमा स्वीकृत दरबन्दीबाहेक अस्थायी नियुक्ति भएका, करार सेवा तथा दैनिक ज्यालादारीमा कार्यरत अत्यावश्यक सेवा सञ्चालन गर्न आवश्यकबाहेक सम्पूर्ण कर्मचारीहरुको नियुक्ति तथा करार सम्झौता रद्द गरिएको हो । असोज २२ गते बुधबारदेखि लागू हुने गरी […]
इलाम पहिरो : ज्यान गुमाउनेको सङ्ख्या ३७ पुग्यो
इलाम असोज। इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ। पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको संख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका_६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा […]


