समाज

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक

दाङ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो ।प्रस्तुत बजेटमध्ये पूँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ, चालुतर्फ ११ […]

राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा

काठमाडौं जेठ। नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार ५ गतेभित्र इमेलमार्फत सुझाव दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । इमेल ठेगाना monetarypolicy@nrb.org.np बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ । साउन १५ गतेभित्र राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो […]

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब संकलन

काठमाडौं जेठ। सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब संकलन भएको छ। जेठ २० गतेसम्म एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार बराबरको योगदान रकम जम्मा भएको हो। सामाजिक सुरक्षा कोषले जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ। दैनिक रूपमा […]

कोशी प्रदेश बजेट तयारी

विराटनगर जेठ । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले सांसदहरूका लागि बजेटको छुट्टाछुट्टै सीमा (सिलिङ) तोकेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिने योजनाका लागि प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूलाई फरक–फरक बजेट सीमा तोकिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रत्यक्ष निर्वाचित सांसदका लागि प्रतिव्यक्ति ४ करोड […]

नेपालमा रेल ल्याउन एक वर्षमै एक अर्बभन्दा बढी खर्च

काठमाडौं जेठ। नेपालमा रेल सेवाको विकास र विस्तारका लागि एक वर्षमा एक अर्बभन्दा बढी रुपैयाँ खर्च भएको छ। सुरक्षित, सुलभ र भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने, रेल सेवासम्बन्धी अनुसन्धान र विकास गर्ने प्रयोजनका लागि उल्लिखित रकम खर्च भए पनि यसबाट प्राप्त उपलब्धिबारे महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। राज्यले रेल सेवा विकास गर्ने नाममा हरेक […]

बर्खे बालीलाई मल अभाव नहुने सरकारको दाबी

काठमाडौं जेठ । यस वर्षको बर्खे बालीका लागि किसानले रासायनिक मलको अभाव झेल्नु नपर्ने कृषि, वन तथा पर्यावरण मन्त्रालयले दाबी गरेको छ । सरकारी स्वामित्वका कम्पनीहरूसँग करिब १ लाख ४५ हजार मेट्रिक टन मल मौज्दात रहेकाले यसपालिको खेतीको सिजनमा मलको अभाव नहुने मन्त्रालयको दाबी छ ।मन्त्रालयको तथ्यांकअनुसार कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्त […]

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम

काठमाडौं जेठ।  सबै नागरिकसम्म डिजिटल पहुँच पुर्‍याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ्चार सेवा विस्तार भइरहेका छन् । यस्ता दुर्गम बस्तीहरूमा सेवा उपलब्ध गराउन हेलिकप्टरबाट उपकरण तथा सामग्री ओसारेरसमेत दूरसञ्चार सेवा विस्तार भइरहेको छ । दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धताअनुसार नेपाल टेलिकमले काम गरिरहेको छ […]

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं जेठ। प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दैछ।बैठक सोमबार बिहान ११ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची रहेको छ। आर्थिक वर्ष २०८३/०८४ को लागि कर प्रस्ताव बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ। बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा […]

पर्वतका विभिन्न क्षेत्रमा बजार अनुगमन

पर्वत जेठ। सरकारले यस वर्ष गत वैशाख २८ देखि यही जेठ ३ गतेसम्म मनाइरहेको मूल्यमा पारदर्शिता सप्ताहअन्तर्गत शनिबार पर्वतका विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ। बजारमा कृषिजन्य वस्तुको अवस्था, मासुजन्य वस्तु तथा कृषि तथा भेटेरिनरीका बीउबिजन, विषादी र वस्तुभाउका औषधिको अवस्था, मूल्यसुची र गुणस्तरीयता परीक्षण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको हो। यहाँ जलजला, मोदी गाउँपालिका र […]

स्थानीय तहमा १९ अर्ब ५ करोड बेरुजु

काठमाडौं जेठ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा स्थानीय तहमा १९ अर्ब ५ कारोड रुपैयाँ बेरुजु देखिएको छ । प्रतिवेदनअनुसार यस वर्ष ४ महानगरपालिका, १० उपमहानगरपालिका, २६१ नगरपालिका र ४४६ गाउँपालिकासहित ७२१ स्थानीय तहको ११ खर्ब ९ अर्ब ५२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण भएको थियो । ‘यस वर्ष स्थानीय तहतर्फ १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ […]