काठमाडौं भदौ। नेपाल-चीन सिमा क्षेत्रमा हिमपहिरोका कारण सिर्जित भनिएको भोटेकोशीको भीषण बाढीका कारण नेपालका चार जिल्लामा हजारौँ निजी घरहरू ध्वस्त भएका विवरण आएका छन्।
विस्थापित हजारौँ मानिसहरूलाई अहिले रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।भोटेकोशी बाढीका बेला विशाल ऊर्जासहित तीव्र वेगमा उर्लिएको पानी, चट्टान, तथा लेदोले पक्की घरहरूसमेत निमेषभरमै बगाएको थियो।
एघार सय मानिसको ज्यान गइसकेको छ भने झन्डै चार हजार मानिसहरू अझै हराइरहेका विवरण आएका छन्।
उक्त घटनामा परी साढे सात हजार निजी घरहरू क्षतिग्रस्त भएको शहरी विकास तथा भवन निर्माण विभागको प्रारम्भिक अनुमान छ।
विभागका उपमहानिर्देशक प्रकाश अर्यालका अनुसार क्षतिग्रस्त घरहरूमध्ये रसुवामा १,७७९स नुवाकोटमा ३,९७७स धादिङमा १५५१स र गोरखामा २६३ छन्।
त्यसैगरी ५३ वटा सरकारी भवन क्षतिग्रस्त भएका विवरण छन्। जसमध्ये रसुवामा २५, नुवाकोटमा ८, धादिङमा १७ र गोरखामा ३ छन् अर्यालले भने।
ती घरहरू नष्ट हुँदा अर्बौँ रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। त्यसको यकीन विवरण आउन बाँकी नै छ।


