काठमाडौं,जेठ । सोमबार सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा एक सय र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४५ रुपैयाँ कायम भएको छ ।आइतबार एक लाख १२ हजार ५ सय, तेजावी सुन एक लाख ११ हजार ९५० र चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
घट्यो सुनको भाउ


