भदौ,२९ काठमाडौं । ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी गरेको आरोप लागेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता हुने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । पक्राउ परेका […]
समाज
सुन–चाँदीको भाउ बढ्यो
काठमाडौं,साउन। साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला नौ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार तीन सय ५० […]
सुन तस्करी प्रकरणमा गहिराइ अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्नेछ : प्रदीप पौडेल
बुटवल, साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा गहिराइ अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने बताएका छन् ।नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा पौडेलले सुन तस्करी प्रकरणमा भरियालाई देखाएर उम्किन नमिल्ने भन्दै गहिराइमा गएर अनुसन्धान हुनुपर्ने बताएका हुन् ।सुन प्रकरण हलुका विषय […]
तीन खर्ब ९१ अर्ब ४४ करोड रूपैयाँ राजस्व संकलन
काठमाडौं, साउन।आर्थिक वर्ष २०७८/७९ मा ५ खर्ब ६ अर्ब ४२ करोड रूपैयाँको भन्सार राजस्व उठेको थियो। आर्थिक वर्ष २०७९/८० मा तीन खर्ब ९१ अर्ब ४४ करोड रूपैयाँ मात्रै राजस्व उठेको भन्सार विभागका निर्देशक पुण्यबिक्रम खड्काले बताए।भन्सार राजस्व गत वर्षको तुलनामा २३ प्रतिशत र लक्ष्यको तुलनामा ४२ प्रतिशतले कम उठेको छ।१० प्रकारका वस्तुमा लगाइएको आयात प्रतिवन्ध […]
शिवालय मन्दिरहरूमा भक्तजनहरुको भीड
काठमाडौं, साउन । सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख […]
सार्वजनिक यातायातको भाडा घट्यो
काठमाडौं, साउन । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ […]
देशभर ५३ प्रतिशत मात्र रोपाइँ
काठमाडौं, असार। असार महिना सकिन लाग्दा पनि देशभर ५३ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असार २९ गते उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभर कम रोपाइँ भएको पाइएको हो । गत वर्ष यति बेलासम्म ६५ प्रतिशत रोपाइँ भइसकेको थियो । मन्त्रालयका अनुसार १३ लाख ५७ हजार हेक्टरमध्ये सात लाख १८ हजार […]
माण्डु हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर आईपीओ आवेदन खुला
काठमाडौं, असार । माण्डु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) आवेदन खुला गरेको छ । कम्पनीले २८ असार बिहीबारदेखि प्रिमियममा मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओमा आवेदन माग गरेको हो ।कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुने १६ लाख ३६ हजार […]
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २० लाख कित्ताको १२ लाख कित्ता सेयर बिक्री खुल्ला
काठमाडौं, असार। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बुधबारबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुल्ला गरेको हो । यसले फेस भ्यालूमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँका दरले आईपीओ बिक्री गर्न लागेको […]
सरकारद्वार धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ तोकियो
काठमाडौं, असार । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ तोकेको छ । यस्तै, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको […]


