सेप्टेम्बर २८ मा प्रथम ओ।एच।सी भलीबल कपको टाई सेट सार्वजनीक

सेप्टेम्बर २८ मा प्रथम ओ।एच।सी भलीबल कपको टाई सेट सार्वजनीक
Spread the love

दक्षिण कोरिया – २०८० असोज ७ ( 2023 september 24)   “प्रवासमा सम्पुर्ण बाग्लुङ्गेहरुको एउटै आह्वान कला , सस्कृती, खेलकुद र भाइचारा हामी नेपाली हरुको पहीचान” भन्ने मुल नारा लिएर OPEN HEART CLUB BAGLUNG ले छुसक को पहिलो दिन सेप्टेम्बर २८ तारिख 서울 노원구 화랑로 815 मा प्रथम ओ.एच।.सी. भलीबल कप भलिबल कप २०२३ आयोजना गर्ने भएको छ। साथै आज 2023 September 24 मा यस क्लबले खेलको टाई सेट सार्वजनिक पनी गरेको छ ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमले ४ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने बताउँदै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबोरो,सेटर,ब्लकरले ५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने साथै दोश्रो चरणको खेलबाट MAN OF THE MATCH पनि घोषणा गर्ने आयोजकले जनाएको छ ।

OHCB ले स्थापनाकाल देखि हरेक परोपकारी कार्यमा आफ्नो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन मनकारी व्यक्ति र अन्य शुभचिन्तकहरुबाट आर्थिक,नैतिक र भौतिक सहयोगको अपेक्षा समेत आयोजकले गरेको छ। स्वास्थ्यको लागी खेल भाइचाराको मेल भन्ने नाराका साथ प्रथम ओएचसी भलिवल कप आयोजना गरिएको सबैमा जानकारी गराउदै कोरिया मा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधिहरू भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू लगायत दक्षिण कोरिया बासि नेपाली सम्पुर्ण जनसमुदायलाई प्रतियोगितामा प्रत्यक्ष उपस्थित जनाएर प्रतियोगिता लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।