समाज

भैरहवामा २०८२ डाण्डिया नाईट तथा भगवती रात्री जागरण हुँदै

भैरहवा,  असोज । रुपन्देहीको भैरहवामा २०८२ डाण्डिया नाईट तथा भगवती रात्री जागरण हुने भएको छ । श्री श्री सार्वजनिक दुर्गा पुजा समिति मैत्रीपथ–५, अखाडा नम्बर २ को आयोजनामा यही असोज १४ गते डाण्डिया नाईट र १५ गते रात्री जागरण हुने भएको हो । समितिले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको छ । समितिका अध्यक्ष रवि […]

२६ अर्बको पेट्रोल नेपाल भित्रियो

वीरगञ्ज  असोज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी) एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो । गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै […]

देशका १० सहरका सार्वजनिक स्थानमा निस्शुल्क इन्टरनेट व्यवस्था गर्ने सञ्चारमन्त्री खरेलको निर्णय

काठमाडौं असोज। सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निस्शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन् ।

असोज १९ देखि तिलोत्तमा क्रिकेट लिग

भैरहवा, असोज । तिलोत्तमा क्रिकेट लिग–२०८२ यही असोज १९ गतेदेखि सुरु हुने भएको छ । तिलोत्तमा क्रिकेट विकास समिति तिलोत्तमा–५, रुपन्देहीको आयोजनामा तिलोत्तमा–१७ स्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उक्त प्रतियोगितामा हुनेछ ।सोमबार भलवारीमा आयोजित अक्सन कार्यक्रममा आयोजकले प्रतियोगितामा पाँचवटा विद्यालय र एउटा क्रिकेट एकेडेमी गरी ६ वटा टीमको सहभागीता हुने जानकारी गराएका छन् । सहभागी […]

भोलिको सूर्यग्रहण नेपालबाट नदेखिने

काठमाडौं, असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही असोज ५ गते (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ । आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने रु सुतक कति बजेदेखि लाग्छ लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने […]

विजयादशमीको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक

काठमाडौं असोज हिन्दू धर्माबलम्बीको महान चार्ड बडा दशैं नजिकिँदैछ । दशैंको महत्वपूर्ण दिन विजया दशमीमा टीका लगाउने उत्तम साइत कति बेला भन्ने चासोको विषय बन्ने गर्दछ । पञ्चांग निर्णायक समितिले नेपालमा विजया दशमीको टीका थाप्ने उत्तम समय असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम भनेर घोषणा गरेको छ । योसँगै विदेशमा रहेका नेपालीले […]

वीरगञ्ज भन्सारबाट दुई महिनामा ३९ अर्ब राजस्व संकलन

काठमाडौं असोज वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई ४३ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व संकलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका […]

मनकामना केबलकारले आज देखि नियमित रूपमा सेवा सञ्चालन

काठमाडौं असोज मनकामना केबलकारले आज (बुधबार) देखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ। केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो। सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको उनले बताए। गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामनामाईको […]

राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटियो

काठमाडौं असोज राष्ट्रिय वाणिज्य बैंकको बानेश्वरस्थित शाखाबाट प्रर्दशनका क्रममा सवा ५ करोड रुपैयाँ र करिब १८ किलो सुन लुटिएको पुष्टि भएको छ। लुटिएको सुन ऋणको धितोमा रहेको र त्यसको बिमा गरिएको बैंकले जनाएको छ। गभर्नर पौडेलका अनुसार, मुलुकभरका बैंक तथा वित्तीय संस्थाका केही शाखा र एटीएममा तोडफोड भए पनि वित्तीय क्षेत्रमा ठूलो क्षति भने भएको छैन।

दसैँको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

काठमाडौं,  भदौ । यस वर्षको दसैँको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।समितिका अनुसार असोज ६ गते सोमबार घटस्थापना दिन बिहान ९ बजेर १३ मिनेटमा जमरा राखिने साइत […]