बागलुङमा चैते दशैं मेलाको मुख्य आकर्षण खुल्ला लोक दोहोरी

बागलुङमा चैते दशैं मेलाको मुख्य आकर्षण खुल्ला लोक दोहोरी
Spread the love

बागलुङमा चैते दशैंको मुख्य आकर्षण खुल्ला लोक दोहोरी

२०८० चैत २९, बागलुङ बागलुङको तीन सय वर्ष पुरानो मेलाका रुपमा रहेको चैते दशै मेलाको तयारीलाई तिब्रता दिइएको छ । चैत ३० गते देखि वैशाख ६ गते सम्म सञ्चालन हुने मेलामा नयाँ वर्षको कार्यक्रमलाई समेत समेटिएको छ ।

चैते दशैको अवसरमार बागलुङ कालिका मन्दिर परिसरमा लाग्दै आएको मेलाको तयारीलाई अन्तिम चरणमा पु¥याइएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।
‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, ब्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ यस वर्षको चैते दशै मेला आयोजना गरिएको छ ।

मेलाको मुख्य आकर्षणको रुपमा यस पटक खुल्ला राष्ट्रिय लोक दोहरी प्रतियोगिता, खुल्ला राष्ट्रिय भलिवल प्रतियोगिता मेलाको मुख्य आकर्षणको रुपमा रहेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । खड्काले मेलामा स्थानीय कला संस्कृति झल्कने झाँकी समेत प्रर्दशन हुँने व्यवस्था मिलाइएको बताउदै स्थानीय सामाग्री डोको, नाङ्लो ठेका, डाला लगायतको व्यापारलाई निःशुल्क स्टल उपलव्ध गराइएको बताउनुभयो ।

“मेलाको इतिहासमै सबैभन्दा बढी लोक दोहरी प्रतियोगिताको समूह दर्ता भइसकेको छ, ३४ समूह लोकदोहरीका लागि प्रतिस्प्रधामा आउने भनेको हाम्रा लागि ठूलो कुरा हो, दोहोरीको पुरस्कार शारी रु। २ लाख समेत छ” खड्काले भन्नुभयो “खुल्ला राष्ट्रिय भलिवलमा विभागीय टिम सहित १२ समूह प्रतिस्प्रधाका लागि दर्ता भइसकेको छ, नयाँ वर्ष २०८१ साललाई स्वागत गर्नका लागि अघिल्लो रात १२ बजे सम्म सांस्कृतिक कार्यक्रम गरिने छ ।”

राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु। २ लाख पुरस्कार र दृतिय हुने टिमलाई नगद रु। १ लाख र तृतीय हुनेलाइ नगद ५० हजार र उत्कृष्ट स्वर हुने महिला पुरूष तथा उत्कृष्ट भेषभूषा महिला पुरूषलाइ नगद ५ र ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
यस्तै ऐतिहासिक चैतेदशैको दोस्रो आकर्षणको रुपमा रुपमा कालिका कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

बागलुङमा सर्वाधिक पुरस्कार राशीको कालिका कप खुल्ला भलिबल प्रतियोगिताले भलिबल खेलको प्रर्बद्धन हुने अपेक्षा गरिएको छ । यहाँको ३०० वर्ष पुरानो मेलाको रुपमा रहेको चैते दशै मेलाको अवसरमा कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा ३ लाख पुरस्कार राशीको कालिका कप भलिबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

प्रतियोगिताको उपाधि चुम्नका लागि विभागीय टिम सहित राष्ट्रिय खेलाडीको सहभागी हुने छ ।
प्रतियोगितामा द्धितीय हुनेले रु।१ लाख ५० हजार र तृतीय हुनेले १ लाख पाउनेछन् । सर्वोत्कृष्ट र अनुशासित खेलाडीलाई ५र५ हजार पुरस्कृत दिइने खड्काले जानकारी दिनुभयो । खेलाडीलाई आवास र भत्ताको समेत व्यवस्था गरिएको छ । यहि चैत्र ३० गतेदेखि बैशाख ६ गतेसम्म सञ्चालन हुँने मेलामा पाँच लाख धार्मिक पर्यटक भित्रिने करोड भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ ।

मावि ९कक्षा १० सम्म० स्तरीय सामुहिक नृत्य, छेलो लगायतका प्रतियोगिताको आयोजना गरिएको छ । ऐतिहासिक चैतेदशै मेलाका लागि बागलुङ कालिका मन्दिर र मन्दिर क्षेत्रलाई सौन्दर्यकरण समेत गरिएको छ । चैत्र ३० गतेबाट आयोजना गरिने ३०० वर्ष पुरानो चैतेदशैलाई लक्षित गरी कालिका मन्दिर पुग्ने पदमार्गमा विद्युतीय लाईट तथा रङ्गीचङ्गीका लाईट समेत जोडिएको छ ।