काठमाडौं, कार्तिक २७ (ई-रैवार) पार्टीको नेतृत्व लिन उम्मेदवारीको रस्साकसी चलिरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह सुटुक्क भारत पुगेका छन् । स्रोतका अनुसार सिंह भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डालाई भेट्न बिहीबार नेपालगन्जको बाटो हुँदै नयॉ दिल्ली गएका हुन् । उनले नयॉ दिल्लीमा को—कोलाई भेटे भन्नेबारे भने जानकारी हुन सकेको छैन । बर्दियामा बुधबार गणेशमान सिंहको सालिक अनावरणपछि उनी […]
राजनीति
तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले भने- प्रधानन्यायाधीशमाथि अनुसन्धान हुनुपर्छ
काठमाडौं, कात्तिक २६ (ई-रैवार) तीन वटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले नेपालको सर्वोच्च अदालतभित्र देखिएको संकटले न्यायपालिकाको निष्ठा र स्वतन्त्रतालाई खतरामा पारेको निष्कर्ष निकालेका छन् । इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), ह्युमनराइट वाच र एम्नेष्टी इन्टरनेसनलले मानवअधिकार तथा कानुनी शासनलाई कायम राख्नका अदालतको विश्वनीयता तथा स्वतन्त्रता आवश्यक हुने जनाएको छ । आइसिजेका वरिष्ठ अन्तर्राष्ट्रिय कानुनी सल्लाहकार मन्दिरा शर्माले प्रधानन्यायाधीश […]
नर्सिङ पढाउन सय बेड हुनैपर्ने
काठमाडौं, कात्तिक २४ (ई-रैवार) मापदण्डअनुसार कम्तीमा सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को बैठकले चिकित्सा शिक्षा ऐनको मापदण्ड पूरा नगरेका शिक्षण संस्थालाई भने नर्सिङ पठनपाठनको अनुमति नदिने निर्णय गरेको हो । यसअघि मापदण्डविपरीतका शैक्षिक संस्थालाई समेत अनुमति दिने […]
‘दबाबमा न्यायाधीश’
काठमाडौं, कात्तिक २४ (ई-रैवार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार न्यायाधीशहरूलाई दबाबमा पार्न बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको पेसी सूची तोके पनि उनीहरू इजलासमा बसेनन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका न्यायाधीशहरू आफ्नै अडानमा छन्। उनीहरू मंगलबार बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको इजलासमा बसेनन्। प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको पेसी सूची नतोक्ने र आफूलाई पनि इजलास […]
पर्व छठको अवसरमा सिँगारिदै मोहना नदी
कैलाली, कात्तिक २३ (ई-रैवार) धनगढीको मोहना नदी यतिबेला बेहुलीझैँ सिँगारिन थालिएको छ। मैथिली भाषीको मौलिक पर्व छठको अवसरमा मोहना तट सिँगारिन थालिएको हो। अहिले नदी किनारमा टेन्ट टाँगेर झकिझकाउ बनाइएको छ। सोमबारदेखि मोहना तटमा टेन्ट टाँगेर सरसफाई गरिएसँगै सिँगार पटार गरिन थालिएको हो। ‘हिजोदेखि हामीले मोहना नदी किनारमा सरसफाई गर्नुका साथै सिँगार पटार गर्न थालेका […]
नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले
चितवन, कात्तिक २३ (ई-रैवार) नेकपा (एमाले)को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सह-संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट रु एक सय उठाउने निर्णय भएको जानकारी दिए । नेकपा (एमाले)को सदस्य […]
राष्ट्रिय जनगणना : विदेशमा रहेका नेपालीको पनि गणना गरिने
काठमाडौं, कात्तिक १९ (ई-रैवार) केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपालीलाई ‘अनुपस्थित सदस्य’ को रूपमा विस्तृत विवरण संकलन गर्ने भएको छ । जसले गर्दा अब विदेशमा भएका नेपालीको यकिन विवरण खुल्नेछ । आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२ औं राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपालीको विवरण संकलन गर्न लागिएको हो । विदेशमा रहेका नेपालीको यकिन […]
एमालेको राष्ट्रिय महाधिवेशन ‘फास्ट ट्र्याक’ मा : सर्वसम्मत नेतृत्वको कोसिस हुने, वैचारिक छलफल नहुने
काठमाडौं, कात्तिक १३ (ई-रैवार) विधान महाधिवेशनमा थाती रहेका विषयहरू समाधान गर्नुपर्ने माग उठे पनि एमालेले दसौं राष्ट्रिय महाधिवेशन ‘फास्ट ट्र्याक’ बाट सम्पन्न गर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन उद्घाटनलगत्तै बन्दसत्रका अन्य कार्यक्रम नराखी नेतृत्व चयनको प्रक्रिया थाल्ने निर्णय गरेको छ । मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन नारायणी किनारमा र […]
बझाङ पहिरोमा बेपत्ताको खोजी स्थगित
बझाङ, कार्तिक ११ (ई-रैबार) पहिरोमा परेर बेपत्ता १९ जनाको अवस्था पत्ता नलाग्दै खोजीकार्य बन्द गरिएको छ । कात्तिक १ मा बझाङको थलारा–४ डिक्लाका आएको पहिरोमा परेर बेपत्तामध्ये चार जनाको शव फेला परेको थियो । आठ दिनसम्म खोजी गरेको उद्धार टोलीले फेला पारेका चार शवमध्ये दुइवटाको कम्मरभन्दा तलको भाग मात्रै भेटिएको थियो । १९ जना अझै बेपत्ता रहेको अवस्थामा […]
देउवा-मोदी भेट ४ वर्षपछि ग्लास्गोमा हुने
काठमाडौं, कार्तिक ११ (ई-रैबार) प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता गर्ने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा हुने ‘साइडलाइन’ वार्तामा देउवा र मोदीबीच भेट हुन लागेको हो । साइडलाइन वार्ताका लागि नेपालले गरेको आग्रह भारतले बुधबार स्वीकार गरेको प्रधानमन्त्री […]


