काठमाडौँ, मङ्सिर १६ (ई-रैवार) नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत संस्थापन र इतर पक्षका शीर्ष नेताहरू आ–आफ्नो समूहको उम्मेदवार टुंगो लगाउन सक्रिय भएका छन्। आज (बिहीबार) सबै प्रदेशका राजधानीमा प्रदेश अधिवेशन सुरु हुँदैछ। मुलुक संघीयतामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो। प्रदेशको परिणामले केन्द्रीय महाधिवेशन र नयाँ नेतृत्व चयनमा प्रभावित गर्ने भएकाले दुवै पक्षका नेताहरू […]
राजनीति
बिदामा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीशलाई गठबन्धनको सुझाव
काठमाडौँ, मङ्सिर १६ (ई-रैवार) सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् । ‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल […]
६७ जिल्लामा कांग्रेस प्रतिनिधि चयन : सबै समूह मिलेमात्र देउवालाई चुनौती
काठमाडौं, मङ्सिर १५ (ई-रैवार) कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वकै निरन्तरता रोज्ने कि विकल्प खोज्ने भन्ने प्रतिस्पर्धा चलिरहेका बेला ६७ जिल्लाबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरूको नतिजाले भने दुवै पक्षलाई ढुक्क हुने स्थिति बनाएको छैन । अहिलेसम्म अधिवेशन सम्पन्न भएका ६७ जिल्लामा ‘प्यानल’ बाट चुनिएका कुल ३ हजार ३ सय २३ महाधिवेशन प्रतिनिधिको अंकगणितले पौडेल, कोइरालालगायतका समूह एकमुष्ट भएमा […]
काँग्रेस महाधिवेशनप्रति आमअपेक्षा
नेपाली काँग्रेस यतिबेला राजनीतिको केन्द्रमा छ । सत्ताको नेतृत्व गरेका कारण मात्र होइन, संविधानमाथिको प्रहार र लोकतन्त्रमाथिको सङ्कटबाट मुुलुकलाई जोगाउने आन्दोलनमा सहभागी दलहरूको नेतृत्व गरेका कारण पनि विगत आम निर्वाचनबाट भूमिकाका हिसाबले खुम्चिएको काँंग्रेस फेरि राजनीतिको केन्द्रमा स्थापित भएको हो । यहीबेला कांँग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढेपछि त झन् काँंग्रेसले सबैको ध्यान तानेको छ । […]
गठबन्धनको समझदारी : निकासका लागि जबराको बहिर्गमन
काठमाडौँ, मंसिर १३ (ई-रैवार) सर्वोच्च अदालतमा पाँच सातादेखि जारी गतिरोध अन्त गर्न सत्ता गठबन्धनले गृहकार्य सुरु गरेको छ । सर्वोच्च अदालतका १९ जना न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र नेपाल बारले एक स्वरले राजीनामा माग्दा पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पछि हट्न तयार नभएपछि उनको बहिर्गमनका लागि सत्तारूढ गठबन्धनले पहल सुरु गरेको हो । न्यायालयको नेतृत्व प्रतिष्ठित र सम्मानित जिम्मेवारी हो […]
कांग्रेस प्रदेश अधिवेशन : सभापतिका लागि ५ जनाको उम्मेदवारी
कैलाली, मंसिर १३ (ई-रैवार) नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वमन्त्रीदेखि प्रदेश सभा सदस्यका उम्मेदवारसम्मले उम्मेदवारी घोषणा गरेका छन्। मंसिर १६ र १७ गते धनगढीमा आयोजना हुने प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन्। सुदूरपश्चिम प्रदेश सभापतिका लागि नरनारायण शाह ‘मनु’, अर्जुन जंग बहादुर सिंह, गोविन्दबहादुर शाह, पुष्पकुमार शाही र हिमबहादुर रावलले उम्मेदवारी […]
मूल्यवृद्धि नियन्त्रण गर्न भारतले इन्धनमा कर घटायो, नेपाल मौन
काठमाडौं, कात्तिक २९ (ई-रैवार) कच्चा तेलको मूल्य र डलरको भाउ अत्यधिक बढेका कारण थेग्न नसकिएको भन्दै नेपाल आयल निगमले पछिल्लो १० दिनमै दुई पटक मूल्य समायोजन गर्यो । मूल्य समायोजनपछि पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १३६ रुपैयाँ, डिजेल र मट्टीतेल ११९/११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ पुगेको छ । इन्धनको मूल्य […]
प्रधानन्यायाधीश जबरा आफैं नहटे महाअभियोग ल्याउन कांग्रेसमा दबाब
काठमाडौं, कात्तिक २९ (ई-रैवार) सत्ता गठबन्धन दल मौन बस्दा न्यायालयको संकट लम्बिँदै गएको भन्दै कांग्रेस संस्थापनइतर खेमाका नेताहरूले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक एवं वरिष्ठ नेता रामचन्द्र पौडेललाई निकास खोज्न दबाब दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आइतबार उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अडान लिइराखे महाअभियोगको प्रक्रिया […]
साइबर सुरक्षा र मानव अधिकार
तारानाथ दाहाल– सूचना तथा सञ्चार प्रविधि (आईसीटी) मानव सभ्यताको बहुआयामिक विकासको अभिन्न अङ्ग भइसकेको छ । आईसीटीको विकासले मानव जीवनका हरेक क्षेत्रमा प्रभाव पारेको छ । श्रम, शिक्षा, सूचना र मनोरञ्जनका क्षेत्र मात्र नभई सामरिक सुरक्षालगायतका संवेदनशील पक्षमा समेत आईसीटीको भूमिका बढ्दो छ । आईसीटीको विकासले आविष्कार गरेको इन्टरनेट हाम्रो परिवारको एक सदस्यजस्तै भइसकेको छ […]
कांग्रेस महाधिवेशन : देउवा र पौडेल खेमामा साझा उम्मेदवारको सम्भावना न्यून
काठमाडौं, कार्तिक २७ (ई-रैवार) नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि छैटौं पटक तोकिएको मिति आउन एक महिना बाँकी रहँदा संस्थापन र इतर पक्षका नेताहरू आआफ्नो तर्फबाट साझा उम्मेदवार बनाउने प्रयासमा जुटेका छन्। दुवै समूहमा नेतृत्वका आकांक्षी बढेपछि सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता रामचन्द्र पौडेल आआफ्नो पक्षमा सहमति जुटाउन लागिपरेका छन्। तर पछिल्लो पटक निर्धारित […]


