विविध

पूर्वसभामुख महराको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदै

काठमाण्डौ पुस ३(ई-रैवार) संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा बिहीबार उच्च अदालतमा सुनुवाइ हुँदै छ। उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी रहेको छ। यसअघि उच्चले जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको थियो। बिहीबारको सुनुवाइमा उच्चले महरालाई पुर्पक्षका लागि […]

शिक्षकले जाडो भयो भन्दै संवेदनशिल अंग छुन खोजेपछि…..

रोल्पा मंसिर २९(ई-रैवार) शैक्षिक भ्रमणमा गएको समयमा शिक्षकहरुले विद्यार्थीमाथि अभद्र व्यवहार गर्दै लैङ्गीक हिंसा गरेको गुनासो आएको छ। केहि समय अगाडि कक्षा १० का विद्यार्थी लिएर दार्जिलिङसम्म भ्रमण गएको रामेश्वरी माध्यमिक विद्यालय घोडागाउँका शिक्षकले मदिरा सेवन गरि विद्यार्थीमाथि अभद्र व्यवहार गरेका थिए। शिक्षकहरुले दिउँसै मदिरा खाएर असजिलो व्यवहार गरेको भन्दै विद्यार्थीले भ्रमणबाट फर्केपछि गुनासो गरेका […]

छाउगोठमा राखेको आरोपमा जेठाजु पक्राउ

अछाम, मंसिर १९(ई-रैैवार) आइतबार राति अछाममा छाउगोठमा ज्यान गुमाएकी पार्वती रावतका जेठाजु छत्र राउतलाई प्रहरीले पक्राउ गरेको छ। मुलुकी अपराध संहिताविपरीत छाउपडी गोठमा बस्न बाध्य पारेको आरोपमा राउत पक्राउ परेका हुन्। पार्वतीका पति भारतमा रहेका र घरमा सासु–ससुरासमेत नहुँदा अभिभावकको रुपमा रहेका आधारमा जेठाजुलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर […]

प्रहरी हिरासतमा शंखास्पद मृत्यू

डोटी मंसिर ८(ई-रैवार) प्रहरी चौकीको थुनामा रहेका एकजनाको शंखास्पद मृत्यू भएको छ । जोरायल गाउँपालिका–१ मा रहेको गैरा प्रहरी चौकीमा सोही गाउँपालिका–४ का २१ वर्षिय गणेश पालीको मृत्यू भएको हो । घटना आईतबार दिउँसोको हो । घटनाका विषयमा प्रहरी र स्थानीयबासीको भनाई बाँझिएको छ । मृतक पाली से १ ज २९२ नम्बरको जीपका चालक हुन् […]

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

चितवन भदौ ९(ई-रैवार): शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका टिभि कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीन जना विरुद्ध परेको आत्महत्या दुरुत्साहन मुद्दामा सोमबार भएको थुनछेक बहसपछि एक नम्बर इजलासमा रहेका न्यायाधिश हेमन्त रावलको इजलाशले लामिछानेसहित युवराज कँडेल धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्। […]

धनगढीमा लागुऔषध सहित दुई जना पक्राउ

धनगढी भदौ १ (ई-रैवार): धनगढीमा लागुऔषध सहित दुई जना पक्राउ पक्राउ परेका छन्। अछाम मंगलसैन नगरपालिका वडा नम्वर ५ घर भई हाल धनगढी १ बस्ने बर्ष २२ का गणेश खत्री र धनगढी– बस्ने बर्ष २० का लोकेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर १० जुगेडा स्थित सिमा नाका मोहना नदी तर्फ जाने […]

युवतीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

कञ्चनपुर, भदौ १ (ई-रैवार): कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षिय युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका–११ का १९ बर्षिय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेश ऐरलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो। उनीहरुलाई ईलाका प्रहरी कार्यालय झलारीको टोलीले शनिबार पक्राउ गरेको हो प्रहरी निरीक्षक नैनसिंह साउँदले बताए। उनका […]

‘मलाई रवि लामिछाने र युवराज कँडेलले धेरै टर्चर दिए’(भिडियो सहित)

काठमाण्डौ साउन २९ पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो । २०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखित समाचार प्रकाशित भयो । […]

पत्रकार छत्यालमाथि मन्त्रीको दुर्व्यवहारको महासंघद्वारा निन्दा

धनगढी साउन २५(ई-रैवार) : समाचारका बिषयमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको राय लिन खोज्दा उनले पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाले निन्द गरेको छ । मन्त्री शाहले नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एबं नागरिक दैनिकका प्रदेश संयोजक दिल बहादुर छत्यालमाथि शुक्रबार दिउँसो दुव्र्यवहार गरेका थिए । सो घटनाप्रती […]

दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

दिपायल साउन २५ (ई–रैवार): साउनको पहिलो साता दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका किसानहरु दुध बेच्ने बन्दोबस्त मिलाउन थाले । केहीदिनमा गाउँमा ७ ओटा जर्सी गाई भित्रिदै थिए । दिपायल सिलगढी नगरपालिकाले स्थानीय ‘तेडी निमाउने गाईपालन समुह’का सात जना कृषकलाई पूर्ण अनुदानमा जर्सी गाई उपलब्ध गराउदै थियो । ‘एउटै गाईले दैनिक १५÷२० लिटर दुध दिन्छ भन्ने सुनेका […]